पाँच लाख राशिको ‘रोटरी अवार्ड’ रिजाल र शिवाकोटीलाई

पत्रकारिताका माध्यमबाट सुशासन प्रवद्र्धनमा उल्लेखनीय योगदान गरेवापत पत्रकारद्वय प्रल्हाद रिजाल र अजयबाबु शिवाकोटीलाई रु पाँच लाख राशिको ‘बसु रोटरी इण्टरनेशनल अवार्ड’ प्रदान गरिएको छ । रोटरी इण्टरनेशनल डिष्ट्रिक्ट ३२९२ ले पेशाप्रति इमान्दार भई सुशासन प्रवद्र्धनमा टेवा पुग्ने गरी खोज, अनुसन्धानमूलक लेख रचना प्रकाशन गर्ने दुई पत्रकारलाई हरेक दुई वर्षमा रु पाँच–पाँच लाख  र सम्मानपत्रसहितको उक्त पुरस्कार स्थापना गरेको हो ।
यहाँ  आयोजित  कार्यक्रममा रोटरी इण्टरनेशनलका निर्वाचित अध्यक्ष शेखर मेहताले पत्रकारद्वय रिजाल र शिवाकोटीलाई उक्त पुरस्कार प्रदान गरे ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्