कात्तिक ८, २०८०
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
केही दिनअघि अचानक फोन आएको थियो नइ प्रकाशनबाट । फोन रहेछ सदस्य सचिव नरेन्द्रराज प्रसाईंको ।
उनले भने, ‘प्रथम नारीस्रष्टा ललितत्रिपुरसुन्दरीको जीवनी पुनः प्रकाशित गराउँदैछौं भूमिका लेखिदिनुहुन्छ कि ?’
कुरा ठीक लाग्यो तर पुस्तक थिएन मसँग । प्रत्युत्तरमा भनें, ‘लेख्न त हुन्थ्यो तर सो पुस्तक पनि छैन र पढ्न भ्याएको पनि छैन ।’
कुरा टुंगिन नपाउँदै उनले थपे, ‘पुस्तकको चिन्ता नगर्नुस् मसँग छ ।’ हुन्छ, भइहाल्छ नि भनेर फोन राखें ।
पुस्तक प्राप्त भयो लगत्तैजसो । साथमा उनैद्वारा लिखित शताब्दी पुरुषको सय वर्ष नामक (लघु जीवनी) पुस्तक पनि पठाइदिएका रहेछन् । खुशी लाग्यो, साधुवाद दिएँ मनमनै ।
नेपाली साहित्य र संस्कृतिका क्षेत्रका सगरमाथा नै हुन् वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी । नइको पहलमा सरकारले वाङमय शताब्दी पुरुषको उपाधि दिएको छ उनलाई ।
यसबाहेक १० रुपैयाँ मूल्यको हुलाक टिकट समेत प्रकाशित भइसकेको छ उनका नाममा । यसका लागि पनि को कसले के कति पापड बेले वा बेल्नुपर्यो त्यतातिर नजाउँ ।
सायद आफू जीवित छँदै टिकट प्रकाशनको सौभाग्य पाउने जोशीजी नै पहिलो व्यक्ति हुनुपर्छ नेपालको इतिहासमा । केही दिनअघि मरणोपरान्त शरीर दान गरी उचाइ थप बढाएका छन् जोशी दम्पती आफैंले पनि ।
मदन पुरस्कार लगायत थुप्रै पुरस्कार तथा मान पदवीले विभूषित जोशीका झण्डै ७ दर्जन साहित्य र संस्कृति सम्बन्धी पुस्तक प्रकाशित छन् । तिनमा नेपाली तथा नेवारी भाषामा लेखिएका पुस्तक पर्छन् । यसबाहेक एकाध अंगे्रजी भाषाका पनि देखिएका छन् ।
उनकै बारेमा लेखिएका पनि केही पुस्तक छन् । नइ दम्पतीको विशेष योगदान देखिन्छ यस पुनित कार्यमा । नरेन्द्रराज प्रसाई आफैं सिद्धहस्त लेखक हुन् । उनका पनि झण्डै त्यति नै हाराहारीका पुस्तक प्रकाशित छन् ।
खासगरी जीवनी साहित्य लेख्न बढी मन पराउँछन् उनी । शताब्दी पुरुषको सय वर्ष पनि यस्तै किसिमको कृति हो । यस्ता काममा नइ प्रकाशनलाई समेत सक्रिय पार्दै आएका छन् नइ दम्पतीले । देश–विदेशमा छरिएर रहेका प्रतिभाको खोजी गरी तिनका सम्मानकै खातिर नइ प्रकाशनको व्यवस्था गरेका हुन् उनीहरूले । हालसम्म सयौं प्रतिभा, हुनसक्छ हजारौं पनि लाभान्वित भइसकेका छन् यसबाट ।
विभिन्न महामनाहरूद्वारा प्राप्त रकमलाई अक्षय कोषमा राखी त्यसको व्याजबाट प्रतिभाहरू खोज गरी पुरस्कृत गर्दै आएको नइको अक्षय कोषमा हालसम्म कति रकम जम्मा भएको छ त्यो त थाहा छैन तर मेरो अनुमान गलत छैन भने करोडभन्दा बढी हुनुपर्छ, जसको व्याजबाट राष्ट्रिय प्रतिभालाई पुरस्कृत गर्नेदेखि जीवनी ग्रन्थ लेखेर प्रकाशित गराउने समेतको काम हुँदै आएको छ । शताब्दी पुरुषको सय वर्ष नामक पुस्तक पनि यस्तै एउटा हो ।
पुस्तकको विषयवस्तु रोचक छ । शैली वायुपंखी घोडा बनेर कुदेको छ । सत्यमोहन जोशी आफैं बेजोड राष्ट्रिय प्रतिभा हुन् । धर्मवीर, कर्मवीर, ज्ञानवीर नागरिक भनेका छन् लेखक प्रसाईले उनलाई । त्यसमाथि प्रस्तुत कृतिले उनको उचाइमा थप चाँद लगाएको देखिन्छ । जसका बारेमा लेखिएको हो उनी आफैं विशिष्ट छन्, जसले लेखेका हुन् उनको लेखन शैली विशिष्ट छ र विशिष्ट छ विषयवस्तु आफैं पनि ।
यसरी हेर्दा विशिष्टै विशिष्टको त्रिवेणी बन्न पुगेको छ भन्दा फरक पर्दैन पुस्तकलाई । कलेवरको हिसाबले खासै ठूलो छैन पुस्तक यो । पुस्तकको नामै लघु जीवनी रहेको छ तर विषयगत र प्रस्तुतिगत गाम्भीर्यलाई मनन गर्दा कुनै बृहताकारका ठेलीभन्दा कम छैन भन्नैपर्छ ।
भूमिका अर्को लोभलाग्दो पक्ष हो यस पुस्तकको, जसका लेखक प्रा. राजेन्द्र सुवेदी हुन् । सुवेदीजी आफैं जाने–माने लेखकमा पर्छन् । लेखकभन्दा बढी समालोचक भन्नु मनासिव हुनेछ उनलाई । लेखक जो पनि हुनसक्छ तर समालोचक हुन लर्तरो खुबीले सक्दैन, भ्याउँदैन । त्यसमा पनि राजेन्द्र सुवेदी अग्रपंक्तिमै पर्छन् ।
नेपाली समालोचना हराए राजेन्द्र सुवेदीलाई खोज्नु भनेका रहेछन् महासमालोचक वासुदेव त्रिपाठीले अघि कुनै बेला । उनका समालोचनात्मक भूमिकाले पुस्तकलाई चिनाउन थप सघाएको छ ।
पुस्तकमा २ प्रकरण छन्, यिनमा शताब्दी पुरुष किन, कसरी र शताब्दी पुरुषको जीवन गाथा पर्छन् । पहिलोले नइ दम्पतीबाट सत्यमोहन जोशीलाई वाङमय शताब्दी पुरुषको पदवी दिलाउन भएका प्रयास, खाएका हण्डर पाएका खिसिट्युरी र उपलब्धि सम्बन्धी विवरण छन् । दोस्रोमा शताब्दी पुरुषका जीवनका विविध आयामलाई केलाउने प्रयास गरिएको छ ।
सरकारमा हुनेहरू राष्ट्रिय प्रतिभाको सम्मानमा बढी नै कन्जुस्याइँ गर्छन् । प्रजातन्त्र हुँदै गणतन्त्र युगसम्म आइपुग्दा स्थिति झन् बिग्रेको देख्छु । विशिष्ट प्रतिभा, विज्ञ र विद्वान् भनेका आफ्नै पार्टीको, त्यसमा पनि आफ्नै गुटका मानिस मात्र हुन्छन् भन्ने मानसिक रोगले नराम्ररी गाँज्दै आएको छ सत्ताधारीलाई । पार्टीका झण्डा नबोक्ने र नेताका अघिपछि नलाग्नेहरू प्रतिभा होइनन्, हुँदैनन् भन्ने मानसिकता छ उनीहरूको ।
यस्तो अवस्थामा राष्ट्रिय पुरस्कार तथा मान सम्मान पाउन कि पार्टीको झण्डा बोक्नुपर्छ कि नेताको वरिपरि घुम्नुपर्छ । बाँकीले ओझेलमै चित्त बुझाउनुपर्छ । यहाँ यो दल वा त्यो दल भन्ने छैन । बीस, उन्नाइस भए छुट्टै कुरा, होइन भने प्राय सबै एउटै ड्याङका मुला देखिन्छन् । यसको अर्थ अपवाद नै नभएको भन्ने पनि हो । केही अपवादमा पनि देखिएका छन् । त्यस्तै अपवादका बेला नै स्वर्गीय माधवप्रसाद घिमिरेले राष्ट्रकविको पदवी पाएका हुन् ।
वाङमय शताब्दी पुरुषको उपाधि पनि यस्तै अपवादका बेला सम्भव भएको हो । होइन भने स्वयं देशको प्रधानमन्त्री आफैंले सार्वजनिक समारोहबाटै शताब्दी पुरुष भनेको के हो ? यो शब्द कहाँबाट आयो ? मैले शताब्दी पुरुषको अर्थ बुझेको छैन भनेर सम्मानित व्यक्तिलाई नै लाजमर्दो गराउने धृष्टता पक्कै गर्ने थिएनन् । कुरा सुन्दै पनि लाज लागेर आउँछ तर लाज लागेर के गर्ने हाम्रा सत्तासिनहरूको मति यस्तै छ, हाम्रो नियति यस्तै छ ।
जोशीजी प्रधानमन्त्रीका दलका थिएनन्, गुटका थिएनन् । उनी त दलहरूको दलदलभन्दा निकै माथि उठेका गहना थिए । यस्तो अवस्थामा आफ्ना दल र गुटका मानिसबाहेक अरुलाई नटेर्ने बानी परेका प्रधानमन्त्रीलाई त्यस्तो लाग्नु अस्वाभाविक थिएन ।
आफ्ना पार्टीका मानिस भएका भए पक्कै त्यसो भन्ने थिएनन् । जब मुलुकको प्रधानमन्त्रीकै अवस्था यस्तो छ भने अरुको के कुरा गर्ने । जे होस् नइ दम्पतीको प्रयास खेर गएन, खेर जान पाएन । उनीहरू सितिमिति कुराको उठान गर्दैनन्, उठान गरेपछि हार खान जान्दैनन् । पानीमुनि पुगेर पनि काम फत्ते नगरी छाड्दैनन् । पंक्तिकारले यस्तो कुरा पहिले पनि कतै गरेको थियो । यहाँ पनि दोहोर्याउन चाहन्छ ।
पुस्तक वाङमय शताब्दी पुरुषबारे जान्न तथा बुझ्न चाहने सबैका लागि पठनीय छ । उनीबारे अध्ययन, अनुसन्धान गर्न चाहने पाठकका लागि झनै पठनीय मात्र होइन, संग्रहणीय समेत हुन पुगेको छ । अन्त्यमा ‘श्रेयांसि बहु बिघ्नानि’ भन्ने पद्यांश उल्लेख गर्दै कलम रोक्न चाहन्छु ।
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...