×

NMB BANK
NIC ASIA

केही दिनअघि अचानक फोन आएको थियो नइ प्रकाशनबाट । फोन रहेछ सदस्य सचिव नरेन्द्रराज प्रसाईंको । 

Muktinath Bank

उनले भने, ‘प्रथम नारीस्रष्टा ललितत्रिपुरसुन्दरीको जीवनी पुनः प्रकाशित गराउँदैछौं भूमिका लेखिदिनुहुन्छ कि ?’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुरा ठीक लाग्यो तर पुस्तक थिएन मसँग । प्रत्युत्तरमा भनें, ‘लेख्न त हुन्थ्यो तर सो पुस्तक पनि छैन र पढ्न भ्याएको पनि छैन ।’


Advertisment
Nabil box
Kumari

कुरा टुंगिन नपाउँदै उनले थपे, ‘पुस्तकको चिन्ता नगर्नुस् मसँग छ ।’ हुन्छ, भइहाल्छ नि भनेर फोन राखें ।

Vianet communication
Laxmi Bank

पुस्तक प्राप्त भयो लगत्तैजसो । साथमा उनैद्वारा लिखित शताब्दी पुरुषको सय वर्ष नामक (लघु जीवनी) पुस्तक पनि पठाइदिएका रहेछन् । खुशी लाग्यो, साधुवाद दिएँ मनमनै । 

नेपाली साहित्य र संस्कृतिका क्षेत्रका सगरमाथा नै हुन् वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी । नइको पहलमा सरकारले वाङमय शताब्दी पुरुषको उपाधि दिएको छ उनलाई ।

यसबाहेक १० रुपैयाँ मूल्यको हुलाक टिकट समेत प्रकाशित भइसकेको छ उनका नाममा । यसका लागि पनि को कसले के कति पापड बेले वा बेल्नुपर्‍यो त्यतातिर नजाउँ ।

सायद आफू जीवित छँदै टिकट प्रकाशनको सौभाग्य पाउने जोशीजी नै पहिलो व्यक्ति हुनुपर्छ नेपालको इतिहासमा । केही दिनअघि मरणोपरान्त शरीर दान गरी उचाइ थप बढाएका छन् जोशी दम्पती आफैंले पनि ।

मदन पुरस्कार लगायत थुप्रै पुरस्कार तथा मान पदवीले विभूषित जोशीका झण्डै ७ दर्जन साहित्य र संस्कृति सम्बन्धी पुस्तक प्रकाशित छन् । तिनमा नेपाली तथा नेवारी भाषामा लेखिएका पुस्तक पर्छन् । यसबाहेक एकाध अंगे्रजी भाषाका पनि देखिएका छन् । 

उनकै बारेमा लेखिएका पनि केही पुस्तक छन् । नइ दम्पतीको विशेष योगदान देखिन्छ यस पुनित कार्यमा । नरेन्द्रराज प्रसाई आफैं सिद्धहस्त लेखक हुन् । उनका पनि झण्डै त्यति नै हाराहारीका पुस्तक प्रकाशित छन् ।

खासगरी जीवनी साहित्य लेख्न बढी मन पराउँछन् उनी । शताब्दी पुरुषको सय वर्ष पनि यस्तै किसिमको कृति हो । यस्ता काममा नइ प्रकाशनलाई समेत सक्रिय पार्दै आएका छन् नइ दम्पतीले । देश–विदेशमा छरिएर रहेका प्रतिभाको खोजी गरी तिनका सम्मानकै खातिर नइ प्रकाशनको व्यवस्था गरेका हुन् उनीहरूले । हालसम्म सयौं प्रतिभा, हुनसक्छ हजारौं पनि लाभान्वित भइसकेका छन् यसबाट ।  

विभिन्न महामनाहरूद्वारा प्राप्त रकमलाई अक्षय कोषमा राखी त्यसको व्याजबाट प्रतिभाहरू खोज गरी पुरस्कृत गर्दै आएको नइको अक्षय कोषमा हालसम्म कति रकम जम्मा भएको छ त्यो त थाहा छैन तर मेरो अनुमान गलत छैन भने करोडभन्दा बढी हुनुपर्छ, जसको व्याजबाट राष्ट्रिय प्रतिभालाई पुरस्कृत गर्नेदेखि जीवनी ग्रन्थ लेखेर प्रकाशित गराउने समेतको काम हुँदै आएको छ । शताब्दी पुरुषको सय वर्ष नामक पुस्तक पनि यस्तै एउटा हो । 

पुस्तकको विषयवस्तु रोचक छ । शैली वायुपंखी घोडा बनेर कुदेको छ । सत्यमोहन जोशी आफैं बेजोड राष्ट्रिय प्रतिभा हुन् । धर्मवीर, कर्मवीर, ज्ञानवीर नागरिक भनेका छन् लेखक प्रसाईले उनलाई । त्यसमाथि प्रस्तुत कृतिले उनको उचाइमा थप चाँद लगाएको देखिन्छ । जसका बारेमा लेखिएको हो उनी आफैं विशिष्ट छन्, जसले लेखेका हुन् उनको लेखन शैली विशिष्ट छ र विशिष्ट छ विषयवस्तु आफैं पनि ।

यसरी हेर्दा विशिष्टै विशिष्टको त्रिवेणी बन्न पुगेको छ भन्दा फरक पर्दैन पुस्तकलाई । कलेवरको हिसाबले खासै ठूलो छैन पुस्तक यो । पुस्तकको नामै लघु जीवनी रहेको छ तर विषयगत र प्रस्तुतिगत गाम्भीर्यलाई मनन गर्दा कुनै बृहताकारका ठेलीभन्दा कम छैन भन्नैपर्छ ।

भूमिका अर्को लोभलाग्दो पक्ष हो यस पुस्तकको, जसका लेखक प्रा. राजेन्द्र सुवेदी हुन् ।  सुवेदीजी आफैं जाने–माने लेखकमा पर्छन् । लेखकभन्दा बढी समालोचक भन्नु मनासिव हुनेछ उनलाई । लेखक जो पनि हुनसक्छ तर समालोचक हुन लर्तरो खुबीले सक्दैन, भ्याउँदैन । त्यसमा पनि राजेन्द्र सुवेदी अग्रपंक्तिमै पर्छन् ।

नेपाली समालोचना हराए राजेन्द्र सुवेदीलाई खोज्नु भनेका रहेछन् महासमालोचक वासुदेव त्रिपाठीले अघि कुनै बेला । उनका समालोचनात्मक भूमिकाले पुस्तकलाई चिनाउन थप सघाएको छ ।   

पुस्तकमा २ प्रकरण छन्, यिनमा शताब्दी पुरुष किन, कसरी र शताब्दी पुरुषको जीवन गाथा पर्छन् । पहिलोले नइ दम्पतीबाट सत्यमोहन जोशीलाई वाङमय शताब्दी पुरुषको पदवी दिलाउन भएका प्रयास, खाएका हण्डर पाएका खिसिट्युरी र उपलब्धि सम्बन्धी विवरण छन् । दोस्रोमा शताब्दी पुरुषका जीवनका विविध आयामलाई केलाउने प्रयास गरिएको छ ।

सरकारमा हुनेहरू राष्ट्रिय प्रतिभाको सम्मानमा बढी नै कन्जुस्याइँ गर्छन् । प्रजातन्त्र हुँदै गणतन्त्र युगसम्म आइपुग्दा स्थिति झन् बिग्रेको देख्छु । विशिष्ट प्रतिभा, विज्ञ र विद्वान् भनेका आफ्नै पार्टीको, त्यसमा पनि आफ्नै गुटका मानिस मात्र हुन्छन् भन्ने मानसिक रोगले नराम्ररी गाँज्दै आएको छ सत्ताधारीलाई । पार्टीका झण्डा नबोक्ने र नेताका अघिपछि नलाग्नेहरू प्रतिभा होइनन्, हुँदैनन् भन्ने मानसिकता छ उनीहरूको । 

यस्तो अवस्थामा राष्ट्रिय पुरस्कार तथा मान सम्मान पाउन कि पार्टीको झण्डा बोक्नुपर्छ कि नेताको वरिपरि घुम्नुपर्छ । बाँकीले ओझेलमै चित्त बुझाउनुपर्छ । यहाँ यो दल वा त्यो दल भन्ने छैन । बीस, उन्नाइस भए छुट्टै कुरा, होइन भने प्राय सबै एउटै ड्याङका मुला देखिन्छन् । यसको अर्थ अपवाद नै नभएको भन्ने पनि हो । केही अपवादमा पनि देखिएका छन् । त्यस्तै अपवादका बेला नै स्वर्गीय माधवप्रसाद घिमिरेले राष्ट्रकविको पदवी पाएका हुन् ।

वाङमय शताब्दी पुरुषको उपाधि पनि यस्तै अपवादका बेला सम्भव भएको हो । होइन भने स्वयं देशको प्रधानमन्त्री आफैंले सार्वजनिक समारोहबाटै शताब्दी पुरुष भनेको के हो ? यो शब्द कहाँबाट आयो ? मैले शताब्दी पुरुषको अर्थ बुझेको छैन भनेर सम्मानित व्यक्तिलाई नै लाजमर्दो गराउने धृष्टता पक्कै गर्ने थिएनन् । कुरा सुन्दै पनि लाज लागेर आउँछ तर लाज लागेर के गर्ने हाम्रा सत्तासिनहरूको मति यस्तै छ, हाम्रो नियति यस्तै छ । 

जोशीजी प्रधानमन्त्रीका दलका थिएनन्, गुटका थिएनन् । उनी त दलहरूको दलदलभन्दा निकै माथि उठेका गहना थिए । यस्तो अवस्थामा आफ्ना दल र गुटका मानिसबाहेक अरुलाई नटेर्ने बानी परेका प्रधानमन्त्रीलाई त्यस्तो लाग्नु अस्वाभाविक थिएन ।

आफ्ना पार्टीका मानिस भएका भए पक्कै त्यसो भन्ने थिएनन् । जब मुलुकको प्रधानमन्त्रीकै अवस्था यस्तो छ भने अरुको के कुरा गर्ने । जे होस् नइ दम्पतीको प्रयास खेर गएन, खेर जान पाएन । उनीहरू सितिमिति कुराको उठान गर्दैनन्, उठान गरेपछि हार खान जान्दैनन् । पानीमुनि पुगेर पनि काम फत्ते नगरी छाड्दैनन् । पंक्तिकारले यस्तो कुरा पहिले पनि कतै गरेको थियो । यहाँ पनि दोहोर्‍याउन चाहन्छ । 

पुस्तक वाङमय शताब्दी पुरुषबारे जान्न तथा बुझ्न चाहने सबैका लागि पठनीय छ । उनीबारे अध्ययन, अनुसन्धान गर्न चाहने पाठकका लागि झनै पठनीय मात्र होइन, संग्रहणीय समेत हुन पुगेको छ । अन्त्यमा ‘श्रेयांसि बहु बिघ्नानि’ भन्ने पद्यांश उल्लेख गर्दै कलम रोक्न चाहन्छु ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x