×

NMB BANK
NIC ASIA

अब बुटिक र डिलक्स होटललाई पनि तारे होटलको मान्यता

फागुन ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले बुटिक र डिलक्स होटललाई समेत तारे ‘स्टार’ होटलको मान्यता दिने भएको छ ।

Muktinath Bank

सस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागले बुटिक र डिलक्स होटलको वर्गीकरण गरी तारे स्तरको होटलका लागि सङ्केत चिन्ह निर्धारण गरेको हो । यसअघि विभागले सुविधासम्पन्न तारे होटललाई मात्र स्टारमा वर्गीकरण गरेको थियो । साथै डिलक्स र बुटिक होटलको स्पष्ट मापदण्ड थिएन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभागले सबैस्तरका रिसोर्ट, तारास्तरका होटल तथा सबैस्तरका बुटिक होटलका सम्बन्धमा सङ्केत चिन्हको रुपमा तारा चिन्ह निर्धारण गरेको छ । होटल एशोसिएसन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले तारे होटलसम्बन्धी नयाँ मापदण्डले होटलको स्तरीकरणका साथै होटलको सेवा सहज ढङ्गले प्राप्त गर्न ग्राहकलाई पनि सहज हुने जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

उनले भने,“यो संसारभरको अभ्यास पनि हो । सरकारी मापदण्ड पालना गराउन सजिलो हुन्छ । होटलको स्तरीकरणका साथै सेवा सुदृढिकरणमासमेत सहयोग पुग्छ । हाम्रै (हान) को पहलमा विभागले होटलको स्तर चिन्ह प्रदान गरेको हो ।”

Vianet communication
Laxmi Bank

विभागका अनुसार सबै तहका होटल तथा रिर्सोटले आफ्नो पहिचान दिने सङ्केत चिन्ह अनुसारको साइनबोर्ड होटलको गेटमै राख्नु पर्नेछ । यसबाहेक हानसँग सम्बन्धित संघ संस्थामध्ये आफु कुन सङ्घमा आवद्ध भएको हो, आवद्धता रहेको सङ्घको समेत चिन्ह बोर्डमै राख्नुपर्ने गरी विभागबाट निर्णय भएको छ । 

वर्गीकरण अनुसार एकतारेदेखि पाँचतारेसम्मका होटलको सङ्केत चिन्ह क्रमशः एकतारादेखि पाँच तारासम्म हुनेछ भने पाँचतारा डिलक्स होटलका लागि पाँचतारा र डिलक्क शब्द राख्नु पर्नेछ । त्यस्तै साधारण हेरिटेज बुटिक होटलको न्यूनतम स्तर तीन तारे हुनेछ । जसको सङ्केत चिन्हमा ‘तीन तारा र स्टाण्डर्ड हेरिटेज’ भन्ने शब्द राख्नुपर्नेछ । डिलक्स हेरिटेज बुटिक होटलका लागि ‘चारतारा र डिलक्ज हेरिटेज बुटिक’ शब्दले सङ्केत गरिने भएको छ ।

लक्जरी हेरिटेज बुटिक होेटलका लागि ‘पाँचतारा र लक्जरी हेरिटेज बुटिक’ शब्द राखिने भएको छ । रिर्सोटतर्फ साधारण रिर्सोटले तीन तारे स्तरको मान्यता पाएको छ । यस्तो रिर्सोटले तीनतारा र स्टाण्डर्ड रिर्सोट शब्द लेखेको सङ्केत चिन्ह पाएको छ ।

डिलक्स रिर्सोटले चारतारा र लक्जरी रिर्सोटले पाँचतारा र लक्जरी रिर्सोट शब्द राखेर आफ्नो रिर्सोटको पहिचान जनाउन सक्ने गरी निर्णय भएको छ । पर्यटक स्तरका होटेलको सङ्केत चिन्ह ‘टीएस’ हुनेछ ।
साविकमा पर्यटन विभाग र मातहतका कार्यालयबाट पर्यटक स्तरको होटेलको स्तर वर्गिकरण भएका र अहिले प्रदेश सरकारको निकायबाट यस स्तरको होटेलमा वर्गिकरण भएका सबै होटलले गोलाकार भित्र रातो रङगमा (टीएस) लेखेको चिन्हलाई होटलको सङ्केत चिन्हका रुपमा प्रयोग गर्नुवपर्ने विभागले जनाएको छ ।

मोटलका लागि विभागले ‘एम’सङकेत चिन्ह दिएको छ । गोलाकार रेखा भित्र रातो रङगमा ‘एम’ लेखिएको चिन्ह निर्धारण गरिएको छ । साविकमा पर्यटन विभाग र मातहतका कार्यालयमा दर्ता भएका र अहिले प्रदेश सरकारको सम्बन्धित निकायमा दर्ता भएका मोटलले यो चिन्ह प्रयोग गर्नुपर्नेछ ।

‘पर्यटक इन’ स्तरमा वर्गिकरण भई सञ्चालनमा रहेका होटलले भने ‘आइ’ सङ्केत चिन्ह प्रयोग गर्नुपर्नेछ । बेड एण्ड ब्रेक फास्टका रुपमा दर्ता भएका होटेलहरुको सङ्केत चिन्ह गोलाकार घेरा भित्र रातो रङ्गमा ‘बीएण्डबी’ लेखिएको चिन्हलाई सङ्केत चिन्हका रुपमा निर्धारण गरिएको छ ।

सबै स्तरका रिर्सोट, तारास्तरका होटेल, सबै स्तरका बुटिक होटेल र रिर्सोटले प्रवेशद्धारमा सबैले देख्ने गरी साइनबोर्ड राख्नु पर्ने विभागले जनाएको छ । साइनबोर्ड भने सम्बन्धित स्थानीय तहले तोकेको आकार र बनोट अनुसार छनोट गर्न सकिनेछ । यसरी रहने साइनबोर्डको समेत मापदण्ड तोकिएको छ । साइनबोर्डको माथिल्लो भागमा नेपालको रङ्गीन निशाना छाप राख्नु पर्नेभएको छ । सिबी अधिकारी,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x