×

NMB BANK
NIC ASIA

श्रीकृष्ण सिम्खडाका कविताहरू : पाना–पानामा व्यंग्य !

फागुन ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

हाँस्यव्यंग्य कलाकार श्रीकृष्ण सिम्खडाले लगातार ३० वर्षसम्म आवाजमार्फत प्रतिभा देखाए । उनले चर्चित व्यक्तिको आवाज नक्कल (क्यारिकेचर) गरेर दर्शक र श्रोतालाई मनोरञ्जन मात्रै दिएनन्, विभिन्न सामाजिक अभियानमा पनि सहभागी भएर सुधारका प्रयास गरे ।

Muktinath Bank

कलाकार सिम्खडा अब श्रव्यदृश्यमा मात्रै सीमित रहेनन्, उनले लेखन काव्य समेत प्रकाशित गरेका छन् । ‘श्रीकृष्ण सिम्खडाका कविताहरू’ पुस्तक उनको पहिलो काव्य हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०३२ असोज २४ गते काठमाडौंको सुन्दरीजलमा जन्मिएका श्रीकृष्ण लगातार ३० वर्षदेखि हाँस्यव्यंग्य क्षेत्रमा छन् । उनले कलाकारिताबाट छोराछोरीका लागि सम्पत्ति थुपार्ने उद्देश्य लिएनन्, सडकपेटीमा व्यापार गरेर पनि कतिपय नेपालीले जीविको चलाइरहेका बेला उनलाई गुजारा चलाउन पनि समस्या भएन ।


Advertisment
Nabil box
Kumari

बुवाको पुस्तकमा कृतिका सिम्खडाबाट लेखिएको छ, ‘हामी ८, ९ कक्षामा पढ्दा बुवाले छोराछोरीलाई धनसम्पत्ति नथुपारौ, उनीहरू आफ्नो कर्मले बाँच्नेछन् भन्नुहुन्थ्यो, त्यतिबेला हामीलाई बुवाको अन्तर्वार्ता र सार्वजनिक मन्तव्य हेर्दा र सुन्दा के भन्नुभएको होला जस्तो लाग्थ्यो तर बुवाले सही भन्नुभएको रहेछ ।’

Vianet communication
Laxmi Bank

सिम्खडाको जीवनका केही मूल्यमान्यता, आदर्श, सिद्धान्त र मौलिक कार्यशैली छन् । सन्तानका लागि सम्पत्ति थुपार्न नहुने, सामान्य सीपले पनि जीवनयापन गर्न सकिने, समाजसेवामा सक्रिय हुनुपर्ने लगायतका मान्यतालाई सिम्खडाले अपनाउँदै आएका छन् ।

‘श्रीकृष्ण सिम्खडाका कविताहरू’ पुस्तक उनको यही अभियानको अभिन्न अंग हो । उनले पुस्तकमार्फत राजनीतिक, प्रशासनिक, सामाजिक विकृतिविरुद्ध तिखो आवाज उठाएका छन् । सामाजिक विकृतिविरुद्ध व्यंग्यात्मक प्रहार सिम्खडाका रचनामा पढ्न पाइन्छ । 

४६ पृष्ठको संग्रहमा सिम्खडाका ३६ कविता अटाएका छन् । उनले राजनीतिक र सामाजिक विकृतिमाथि शब्दव्यंग्य गरेका छन् ।

‘नेता जी’ शीर्षकमा सिम्खडाले लेखेका छन् –

त उल्लु भइस
अरुलाई उल्लु बनाइस
का जन्मिस त
के खाएर आइस
तेरो बाउ त सोझो थियो
आमा कत्ति असल थिइ
त किन गतिछाडा भइस
तेरो हजुर बा को अहिले सम्म
गाउँ मा राम्रै चर्चा हुन्छ
त किन यस्तो भइस
त ठग भइस
त डाका भइस
चुनावमा अर्काको 
पैसा मागेर खाइस
के टाइइ सुट लाउछस
त मारा होस
धेरैलाई तैले सकिस
घरबार बिहिन बनाइस
तेरो डकैत कति दिनसम्म 
तलाइ सरम छैन अलिकति
जनता कोभिड को मारमा छन्
त लुटि राख
उल्लु
फटाहा धुर्त
ब्यमान, सैतान
कु पुत्र
पापि, हरामि
लाज मान अलिकति
ओ नेता जी

कविता संग्रहमा मन्त्रीको ढोका, नयाँ मेयर आयो, ओइ घास खाने, वैधानिक गुण्डा, हरायो मेरो सरकार लगायत कविता प्रकाशित छन् ।

कवि एवं पूर्वमन्त्री शंकरप्रसाद कोइराला तथा उनकी आमा धनकुमारी कोइरालाको हातबाट पुस्तकको विमोचन गरिएको थियो । विमोचन कार्यक्रममा पूर्वसचिव केशव भट्टराई, रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला, भोजपुर सेवा समाजका अध्यक्ष पासाङ शर्पा, पशुपति विकास कोषका सदस्य देवी बराल तथा गीतकार दिपेन्द्रनाथ शर्मा लगायतको उपस्थिति थियो ।


 
सिम्खडाले कलाकारिता र समाजसेवा सँगसँगै गर्दै आएका छन् । उनले २५ वर्ष कान्तिपुर, रेडियो नेपाल र नेपाल टेलिभिजनमा विभिन्न कार्यक्रममा आवद्ध भएर काम गरेका छन् ।

नेपाल टेलिभिजनमा फोन एण्ड फन्नी, श्रीकृष्णको घुम्ने कुर्सीमा उनले सक्रिय भूमिका निभाए । उनले कान्तिपुरमा १५ वर्ष काम गरे भने रेडियो नेपालमा ११ वर्ष काम गरेको बताए ।

उनले सार्वजनिक शौचालय सफाइ अभियान चलाए । उनले आफैं सामुदायिक विद्यालयमा गएर शौचालयको दिसापिसाप सफा गरे । उनले सडकपेटीमा बसेर जुत्ता पालिस समेत गरे । ‘श्रम गर्नेलाई अवमूल्यन भयो । पारिश्रमिक हेला गरेर दिइयो । श्रमको मूल्यांकन दिइएन भनेर त्यसपछि व्यंग्य गर्दै मैले जुत्ता पालिस गरें,’ उनले भने, ‘राज्यलाई श्रमको सम्मान गर भनेर सांकृतिक विरोध हो । यसमा राज्य दोषी छ ।’

सिम्खडाले २ वर्षसम्म रिङ रोड सफाइ अभियानको संरक्षक भएर काम गरे । उनले विभिन्न फिल्ममा आवाज, विज्ञापनमा आवाज राख्ने, गीत निकालेर रोयल्टीबाट आर्थिक उपार्जन गर्दै आएका छन् ।

सिम्खडाले हालै ४ करोडको मोटर हजुर, ४ करोडको मोटर हजुर बिरामीलाई श्वास हाल्ने छैन भ्यान्टिलेटर, जनता चाहिँ कोरोनाको भाइरस बोकिरा’छन् नेताहरू हावादारी गफै ठोकिरा’छन् गीत बजारमा ल्याएका छन् । 

लेखनतिर अगाडि बढेका सिम्खडाले कोभिड–१९ ले पारेका प्रभावबारे पाण्डुलिपि तयार पारिसकेको बताए । ‘कोभिड–१९ ले कस्ता पक्षलाई बढी प्रभावित पार्‍यो भनेर पुस्तकमा आउनेछ,’ उनले भने ।

सिम्खडाको पुस्तकमा भाषागत शुद्धतामा समस्या देखिन्छ । नेपाली भाषाको शुद्धतामा ध्यान नदिएकोप्रति सिम्खडालाई कुनै पछुतो छैन । उनले भने, ‘मैले जस्तो जाने त्यस्तै छापे । अरुलाई हेर्न नदिएर आफूलाई अन्याय गरिनँ । अरुलाई शृंगारपटार गर्न दिएन । यो व्यंग्यकारको सांकेतिक लडाइँ हो । हामी हलीका छोराछोरीले लेखेको पुस्तक यस्तै हुन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x