साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ ।
यस दिन छापावाल सुन प्रति तोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन (शुक्रवार) यस्तो सुन प्रति तोला ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रति तोला ८ सय रुपैयाँले वृद्धि भएको हो ।
आइतवार तेजाबी सुन प्रति तोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ८७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।
लोकान्तर संवाददाता