कात्तिक १९, २०८०
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
फागुन ९, २०७७
पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र तथा लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवललाई जोड्ने गरी दुईवटा केबलकार परियोजना एक साथ अगाडि बढेका छन् ।
बुटवलमाथिको ऐतिहासिक नुवाकोटगढी र वसन्तपुर डाँडामा दुवैतर्फ निजी क्षेत्रको लगानीमा केबलकारका परियोजना अगाडि बढेका हुन् ।
एक हप्ता अगाडि गएको फागुन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल उपमहानगरपालिका– ३ देखि पाल्पाको तिनाउ गाउँपालिकाको वसन्तपुरसम्म पुग्ने लुम्बिनी केबलकारको बुटवलमा शिलान्यास गरेका थिए ।
बुटवलबाटै पाल्पाको नुवाकोट पुग्ने सिद्धार्थ केबलकार आइतवार अर्थमन्त्री एवं नेकपा महासचिव विष्णु पौडेलले शिलान्यास गरेर शुरू हुँदैछ ।
दुवै केबलकार परियोजनाको ‘बेस’ (आधार) बुटवल र अन्तिम स्टेसन पाल्पा रहेको छ । दुईवटा ठूला विकासका ‘प्रोजेक्ट’ ले बुटवललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने ठूलो अपेक्षा लिइएको छ ।
दुवै परियोजना ५० प्रतिशत भारतीय पर्यटकलाई लक्षित गरेर बनाउन थालिएको हो ।
लुम्बिनी केबलकार प्रालिले बुटवलका चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुर जोड्ने केबलकार निर्माण थालिएको छ भने सिद्धार्थ केबलकार प्रालिले बुटवल पश्चिम फूलबारी क्षेत्र नजिकैबाट पाल्पाको नुवाकोट गढीसम्मलाई जोड्ने छ । लुम्बिनी केबलकार परियोजना ३ अर्ब ५० करोडको हो । सिद्धार्थ केबलकारको ७० करोड रुपैयाँभन्दा माथि छ ।
नुवाकोटमा कालभैरवको मन्दिर, सेनकालीन दरबार, सेनकालीन इनार, काठे दरबार, सेनकालीन भग्नावशेष दरबार नुवाकोट किल्ला र ग्रामीण परिवेश पर्यटकले अवलोकन गर्न पाउनेछन् ।
केबलकारले नुवाकोटगढी पर्यटकीय गन्तव्यको रूपमा अगाडि बढ्नेछ । ऐतिहासिकसँगै, धार्मिक, प्राकृतिक, सांस्कृतिक महत्त्वको ठाउँ नुवाकोटमा पूर्वाधारहरू बनिरहेका छन् ।
नुवाकोटबाट मनोरम हिम श्रृंखलाका साथै तराईका फाँट र भारतको नौतुनासम्मको दृष्यावलोकन गर्न सकिन्छ ।
अर्थमन्त्री पौडेलले बुटवलमा बन्ने दुई केबलकारले यस क्षेत्रलाई नै ‘रोलमोडल’ बनाउने बताए । पौडेलले यस क्षेत्रको विकासका लागि आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । बुटवल पहाडी जिल्लाहरूसँग सहज पहुँच भएको शहर हो ।
बुटवल मानव अस्तित्वको एक करोड वर्ष पुरानो आदिमानव रामापिथेकसको दाँत फेला परेको वैज्ञानिक तथ्यले पुष्टि गरेको मानव सभ्यताको उद्गमस्थल पनि हो ।
ऐतिहासिक ठाउँमा यस्ता विकासका पूर्वाधारले पर्यटन क्षेत्रको विकासमा थप मद्दत पुग्ने यस क्षेत्रका जानकार दलबहादुर गुरुङ बताउँछन् । बुटवल क्षेत्र ज्ञानमूभि, ध्यान भूमि र तपोभूमि रहेकाले यस्ता ठूला विकासका परियोजनाहरू अगाडि बढाउँदा यस क्षेत्रको महत्त्व झनै बढ्दै गएको गुरुङले बताए ।
वसन्तपुरमा सिद्धबाबाको मन्दिर रहेको थियो । त्यहाँ दर्शन गर्न मानिसहरू जान अप्ठ्यारो भएपछि सिद्धार्थ राजमार्गको नजिकै तिनाउ नदीको किनारामा ल्याइएको इतिहासका जानकार बताउँछन् । निर्माण शुरू भइसकेको लुम्बिनी केबलकार दुई वर्षभित्र सम्पन्न गरिसक्ने प्रालिका प्रमुख रमेश शर्मा बताउँछन् ।
त्यहाँ राजा माणिमुकुन्द सेनको गृष्मकालीन दरबार, तोपहान क्षेत्र, खरखजनाघर, रानीकुवा समेत रहेको छ । नुवाकोटगढी पुग्न सडक निर्माण सम्पन्न भएपछि पर्यटकीय पूर्वाधारहरू निर्माणको कामले पनि गति लिएको छ । नुवाकोट भ्यु टावर बनिसकेको छ । त्यस्तै सांस्कृतिक डबली दरबार क्षेत्रमा पार्क निर्माण लगायतका संरचना बनिरहेका छन् ।
यस्तै निजी क्षेत्रबाट पनि नुवाकोटमा ठूलो मात्रामा लगानी भइरहेको छ । नुवाकोटमा हिलसाइड भिलेज रिसोर्टदेखि केबलकार सञ्चालनको प्रक्रिया शुरू भएको हो । बुटवलका परिचित होटल व्यवसायी माधव नेपालसहित झण्डै ५० जना उद्यमीहरूले लगानी गरी रिसोर्ट तथा केबलकार निर्माणको काम अगाडि बढाएका हुन् ।
नुवाकोट विकास समितिका अध्यक्ष समेत रहेका नेपालले लुम्बिनी आउने पर्यटकलाई आकर्षित गर्न नुवाकोटको पर्यटकीय विकासमा लागेको बताए । नेपालले नुवाकोटमा बन्दै गरेको संरचनाले यस क्षेत्रको पर्यटकीय मुहारमा ठूलो टेवा पुग्ने दाबी गरे ।
यो ठाउँमा पहाडबाट नुन ल्याउन बुटवल झर्ने पुरानो बाटो पनि पर्छ । नुन खेपेको ठाउँ कस्तो रहेछ भनेर पनि एकपटक केबलकार चढ्न त्यहाँ नेपाली पुग्ने लगानीकर्ताको अपेक्षा छ ।
आजभन्दा ५० वर्ष अगाडि पहाडी जिल्लाबाट घिउ ल्याएर बुटवलमा नुनसँग साटेर नुवाकोट हुँदै मानिसहरू पहाडतर्फ फर्किन्थे । सडकमार्ग हुँदै नुवाकोट जान बेलबास शान्तिचोकबाट ११ किलोमिटरको दुरी पार गर्नुपर्दछ ।
पैदल जानका लागि फूलबारीबाट उजिरसिंह सिँडीमार्ग रहेको छ । सिँडीमार्गबाट पैदल २ घण्टामा नुवाकोट पुग्न सकिन्छ ।
सिद्धार्थ केबलकार प्रालिका अध्यक्ष राजेन्द्रसिंह गुरुङले नुवाकोटमा केबलकार सञ्चालनका लागि यस अगाडि नै सरकारबाट वन क्षेत्र उपयोग गर्ने स्वीकृति लिएर केही काम अगाडि बढाइसकेको बताए । केबलकारका लागि रुख कटानको काम भइरहेको प्रालिका अध्यक्ष गुरुङले जानकारी दिए ।
‘केही काम शुरू भइसकेको छ । अब शिलान्यास गरेर औपचारिक रूपमा काम अगाडि बढाउँछौं,’ उनले भने, ‘अबको १८ महिनाभित्र केबलकार सञ्चालनमा ल्याउने योजना छ ।’
करीब २ किलोमिटर लामो केबलकारका लागि ७५ करोडको लागत अनुमान गरिएको गुरुङले बताए । वसन्तपुरतर्फ बन्ने लुम्बिनी केबलकारका लागि पनि झुम्सा चरंगेतर्फ गाडीका लागि सिद्धबाबाको वैकल्पिक सडक रहेको छ ।
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...