×

NMB BANK
NIC ASIA

खेलकूद समाचारः मुख्यमन्त्री कप विजेतालाई सम्मान

फागुन ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरामा सम्पन्न मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगितामा पुरुषतर्फ प्रथम र महिलातर्फ तृतीय भएको तनहुँको टोलीलाई गृह जिल्लामा आज स्वागतसहित बजार परिक्रमा गराइएको छ ।

Muktinath Bank

पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा शनिबार सम्पन्न खेलमा पुरुषतर्फ प्रथम र महिलातर्फ तृतीय भएको टोलीलाई जिल्ला भलिबल सङ्घ तनहुँले दमौलीमा स्वागत एवं सम्मान गर्दै बजार परिक्रमा गराएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पञ्चेबाजासहित दमौलीस्थित अनसनचोक, सफासडक, गणेशमानचोक, मालपोत लाइनमा खेलाडीलाई परिक्रमा गराइएको छ । खेलाडीलाई सम्मान व्यक्त गर्दै जिल्ला खेलकूद विकास समिति तनहुँका निवर्तमान अध्यक्ष ऋषिराम भुसालले मुख्यमन्त्री कप भलिबल प्रतियोगिता जितेर खेलाडीले तनहुँको मान र सम्मान बढाएको बताए ।


Advertisment
Nabil box
Kumari

जहिले पनि कास्की र स्याङ्जाको दबदबा रहने भलिबलको इतिहास यसपटक तनहँुले तोडेको बताउँदै भुसालले भने, 'यो इतिहास रच्ने सफलता सदैव मिलोस् ।'

Vianet communication
Laxmi Bank

जिल्ला भलिबल सङ्घका अध्यक्ष पदम सुनार र सचिव अशोक गिरीले खेलाडीको उत्कृष्ट प्रदर्शनले सफलता हासिल भएको भन्दै खेलाडीलाई बधाई ज्ञापन गरे । पुरुषतर्फ प्रतिस्पर्धात्मक खेलमा तनहुँ जिल्लाले स्याङ्जालाई ३–२ को सेटमा हराउँदै उपाधिसहित रु दुई लाख पुरस्कार प्राप्त गरेको थियो ।

महिलातर्फ तनहुँले कास्कीलाई ३–१ को सेटमा हराउँदै तृतीय भएको थियो । तृतीय हुने टोलीले रु ५० हजार पुरस्कार प्राप्त गरेको छ । पुरुषतर्फ तनहुँका मिलनचन्द ठकुरीले उत्कृष्ट खेलाडीको उपाधि प्राप्त गरे ।

महिलातर्फ उत्कृष्ट स्पाइकर तनहुँका उषा भण्डारी, पुरुषतर्फ उत्कृष्ट स्पाइकरमा तनहुँका अशोक श्रेष्ठ, सेटरमा तनहुँका विवस आले र प्रशिक्षकमा तनहुँका पदम सुनार घोषित हुनु भई जनही रु पाँच हजारका दरले पुरस्कार प्राप्त गरे ।

लफ्याङमा फागुन–१० देखि अन्तर वडास्तरीय फुटबल प्रतियोगिता खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा फागुन–१० गतेदेखि अन्तर वडास्तरीय पुरुष प्रथम च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने भएको छ ।

‘जित्नलाई हैन सिक्नलाई खेलकूद’ भन्ने नाराका साथ वडा कार्यालय र नमूना स्पोर्टस क्लबको आयोजनामा ‘मझुवागढी रणजीतमान राई अन्तर वडास्तरीय पुरुष प्रथम च्यालेन्ज कप’ फुटबल प्रतियोगिता गर्न लागिएको हो ।

एक्काइस समूहले प्रतिस्पर्धा प्रथम स्थान प्राप्त गर्नेले रु एक लाख ५५ हजार, दोस्रो स्थान प्राप्त गर्नेले एक लाख एक हजार र सेमिफाइनलिस्ट दुई समूहले रु ३१/३१ हजार नगद पुरस्कार पाउनेछन् ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु पाँच हजार ५००, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड–फिल्डर, प्रशिक्षक र अनुशासित समूहलाई नगद रु पाँच/पाँच हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता उद्घाटन कार्यक्रममा जिल्लामा क्रियाशील एकजना पत्रकारलाई नगद रु पाँच हजार ५५५ राशिको खेलकूद पत्रकारिता पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा तीनजना बाह्य खेलाडी सहभागी गराउन पाइने व्यवस्था छ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा चर्चित गायक राजेशपायल राईको साङ्गीतिक प्रस्तुति रहने आयोजक समितिका अध्यक्ष काजीमान राईले बताए ।

पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिताका लागि खेलमैदानमा मञ्च निर्माण, शौचालय व्यवस्थापन, खाजा घर निर्माण, खेलमैदान वरपर डोरीको घेराबारा हाल्नेलगायत व्यवस्थापनको काम पूरा भइसकेको आयोजकले जनाएको छ ।

प्रतियोगिता हेर्न तथा खेल्न आवतजावत गर्नेका लागि दिक्तेलबजारबाट खेलमैदानसम्म पुग्ने सडक मर्मत गर्ने कामसमेत सम्पन्न भइसकेको जनाइएको छ ।

नमूना स्पोर्टस क्लबले शुभेच्छुक तथा दाताबाट चन्दा उठाएरै सर्वाधिक राशिको फुटबल प्रतियोगिता आयोजना गरेको जनाइएको छ । आयोजकले सार्वजनिक गरेको खेल तालिकाअनुसार पहिलो खेल साकेला गाउँपालिका–२ रतन्छा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाबीचमा हुनेछ । वडा कार्यालयको पहलमा स्थानीय बासिन्दाले १८ रोपनी जग्गा निःशुल्क दिएपछि लफ्याङको छिवामा खेलमैदान निर्माण गरिएको थियो ।

वडा कार्यालयको आग्रहमा स्थानीय पञ्चसेर राईले नौ, सर्वजीत राईले पाँच र हर्कराज राईले तीन रोपनी जग्गा वडाका नाममा निःशुल्क पास गरिदिएपछि खेलमैदान निर्माण शुरु गरिएको थियो ।

चन्दा सङ्कलन तथा दाताको सहयोगमा निर्माण शुरु गरिएको खेलमैदानका लागि स्थानीयवासी बालाचन्द्र राईले पनि सात रोपनी जग्गा प्रदान गर्नुभएको छ ।

वडा कार्यालयको रु १२ लाख ७० हजारको खर्चमा निर्माण गर्ने गरी विसं २०७६ जेठ ७ गते शिलान्यास गरिएको खेलमैदान उद्घाटनसँगै प्रतियोगिताको आयोजना गरिएको हो ।

आरसिसी कन्सल्ट प्रालिले तयार पारेको (विस्तृत परियोजना प्रतिवेदन) डिपिआरअनुसार १२० मिटर लम्बाइ र ८० मिटर चौडाइको फुटबल खेलमैदान रु २० करोड ९९ लाख ७० हजार २९३ मा सम्पन्न हुने वडाध्यक्ष निर्मल राईले बताएका छन् ।

खेलमैदानमा करीब ४० जना अट्ने मञ्च, रातका समयमा पनि खेल सञ्चालन गर्न सकिने विद्युत्को व्यवस्था, बस, कार तथा मोटरसाइकल पार्किङस्थल, गेष्ट रुम, चेन्जिङ रुम, वेटिङ रुमसहितको घर, सामान्य तथा भिआइपी शौचालय, पिउने पानीको धारालगायतको संरचना निर्माण गर्नेगरी डिपिआर तयार पारिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x