×

NMB BANK
NIC ASIA

मिक्वाखोलामा बैंक नहुँदा जनप्रतिनिधि र सेवाग्राहीलाई समस्या

फागुन १०, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा समयमै सेञ्चुरी बैंकले शाखा स्थापना नगरेपछि स्थानीयले आर्थिक कारोबार गर्न सदरमुकाम पुग्नुपर्ने बाध्यता खेप्दै आएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

संघीय संरचनामा गएसँगै विक्रम संवत् २०७४ सालको असार मसान्तसम्ममा सबै पालिका केन्द्रमा आर्थिक कारोबार गर्न बैंकले आफ्नो शाखा स्थापना गर्न नेपाल राष्ट्र बैंकले परिपत्र जारी गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसैअनुसार तोकिएको बैंकले स्थानीय तहमा शाखा स्थापना गरेर आर्थिक कारोवार गर्दै आएको छ । सेञ्चुरी बैंकलाई मिक्वाखोला गाउँपालिकामा शाखा स्थापना गरेर आर्थिक कारोबार गर्न ४ वर्षअघि नै परिपत्र गरिएको थियो तर हालसम्म बैंकले शाखा स्थापना गरेको छैन ।


Advertisment
Nabil box
Kumari

गाउँपालिकामा बैंक नहुँदा गाउँपालिकाको आर्थिक कारोबार गर्न ताप्लेजुङ सदरमुकाम जान बाध्य हुँदै आएको गाउँपालिकाका लेखा अधिकत प्रशान्त भट्टराईले बताए । उनले भने, ‘गाउँपालिकामा बैंक नहुँदा आर्थिक कारोबार गर्न कठिनाइ भएको छ । हामै्र तलब निकासा गर्न सदरमुकाम चेक बोकेर पुग्नुपर्छ ।’

Vianet communication
Laxmi Bank

सर्वसाधारण, शिक्षक, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई समेत समस्या परेको छ । स्थानीय तहको निर्वाचन भई केन्द्रको सबै अधिकार गाउँ आउँदा समेत कारोबारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले बताए ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ता, पेन्सनलगायत स्थानीय तहमा जाने सबै प्रकारका भुक्तानी बैंकमार्फत गर्नुपर्ने निर्देशन दिएको छ तर मिक्वाखोलामा बैंक नहुँदा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता लगायतका आर्थिक कारोबारमा समस्या हुँदै आएको प्रमुख प्रशासकीय अधिकृत गुरुङले बताए ।

‘हामीले धेरै पटक सेञ्चुरी बैंकलाई गाउँपालिकामा शाखा विस्तार गर्न अनुरोध गर्‍यौं तर विभिन्न बहाना गर्दै शाखा स्थापना गरेको छैन,’ उनले भने । 

बैंक शाखा स्थापना नगरेपछि एउटा योजनाका लागि सम्झौता गर्न गाउँदेखि पालिकाको कार्यालयसम्म धाउनुपर्ने हुन्छ । गाउँपालिकाको कार्यालयमा योजना सम्झौता गरेर खाता खोल्न सदरमुकाम जानुपर्ने हुन्छ । सदमुकाममा खाता खोलेर योजनाको पेस्की रकमको चेक लिन फेरि फर्केर गाउँपालिकाको कार्यालयमा पुग्नुपर्दछ ।

सदरमुकामा योजनाको पेस्की चेक साटेर गाउँ फर्कनुपर्ने बाध्यता नागरिकले खेप्दै आएको प्रमुख प्रशासकीय अधिकृत गुरुङले बताए । यसरी योजना सम्पन्न हुँदा कम्तीमा ५ पटक सदरमुकाम पुग्नुपर्दछ । 

मिक्वाखोला गाउँपालिकादेखि सदरमुकाम पुग्न ५०० रुपैयाँ गाडी भाडा लाग्छ । ५ पटक सदरमुकाम आउनु र गाउँपालिका फर्कन गरी ५ हजार गाडी भाडा मात्र तिर्नुपर्दछ । बैंक नभएकाले आर्थिक कारोबार गर्न निकै कठिनाइ भएको मिक्वाखोला–२ का वडाध्यक्ष सुरेन्द्र थापाले बताए ।

बैंकका लागि आवश्यक उपकरण गाउँपालिका केन्द्रमा पुर्याइसकेको तर इन्टरनेट लाइन जोड्न मात्र बाँकी रहेको सेञ्चुरी बैंक प्रमुख कार्यालय काठमाडौंका सामान्य सेवा विभाग प्रमुख राजेन्द्र अधिकारीले बताए । उनले भने, ‘नेपाल राष्ट्र बैंकले परिपत्र गरेको निकै अगाडि नै हो तर विभिन्न कारणले समयमै आफ्नो शाखा स्थापना गर्न नसक्नु हाम्रो कमजोरी हो ।’

बैंक स्थापना गर्नको लागि गाउँपालिकामा घर भाडामा लिएर सुरक्षाकर्मी समेत राखिसकेको सामान्य सेवा विभाग प्रमुख अधिकारीले बताए । उनले बंैक सञ्चालन गर्नका लागि भरपर्दो इन्टरनेट जोडिएपछि आर्थिक कारोवार सञ्चालन हुने बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x