×

NMB BANK
NIC ASIA

दैजीछेला औद्योगिक क्षेत्र निर्माणले गति लिने भएपछि स्थानीय खुशी

फागुन १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र निर्माणले गति लिने भएपछि स्थानीय वासिन्दा खुशी भएका छन् ।

Muktinath Bank

विक्रम संवत् २०५२ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला औद्योगिक क्षेत्र निर्माणका लागि प्रस्ताव गरिए पनि भौतिक निर्माण कार्य अगाडि बढ्न सकेको थिएन । ९ अर्ब लागतमा ५ वर्षभित्र सो औद्योगिक क्षेत्र निर्माण हुने भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पूर्व सांसद नरबहादुर धामी औद्योगिक क्षेत्र स्थापनाका लागि प्रतिबद्धता अनुसार शिलान्यासको कार्यक्रम अगाडि बढेको देख्दा खुशी लागेको बताउँछन् । उनले भने, ‘विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) र ईआईए प्रतिवेदनको स्वीकृतिको काम सम्पन्न पश्चात निर्माणका लागि बाटो खुलेको छ ।’
 
औद्योगिक क्षेत्रका लागि बेदकोट नगरपालिकाले ९०० बिघा जग्गा उपलब्ध गराएको भए पनि हाल ४०० बिघा जग्गामा भौतिक संरचना बन्नेछ । औद्योगिक क्षेत्रको डीपीआर अनुसार १२४ प्लटमा साना, मझौला र ठूला गरी ११७ वटा उद्योग स्थापना हुनेछन्, जसबाट ३० हजार बढीले रोजगार पाउने छन् ।


Advertisment
Nabil box
Kumari

यसअघि नै जनचेतना सामुदायिक वनको २०० हेक्टर र बेदकोट सामुदायिक वनको ४५० हेक्टर जग्गााको भोगाधिकार बालाजु औद्योगिक लिमिटेडको नाममा गरिएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडकोे उच्च्स्तरीय टोलीले २ पटक अनुगमन गरी विक्रम संवत् २०५२ र २०६६ सालमा बेदकोटको छेलामा औद्योगिक क्षेत्र बनाउन उपयुक्त ठहर गर्दै मन्त्रालयमा राय पेश गरेको थियो ।

Vianet communication
Laxmi Bank

२९३ बिघा जग्गामा ३०० साना, मझौला र ठूला गरी ३०० उद्योग सञ्चालन गर्न सकिने त्यही बेलाको प्रस्तावमा उल्लेख थियो । त्यसपछि आव २०७१/७२ को बजेटमा सुदूरपश्चिम क्षेत्रको विकासका लागि औद्योगिक क्षेत्र स्थापनाको कार्यलाई उच्च प्राथमिकतामा राखिएपछि अध्ययनको कार्य गरिएको थियो ।

औद्योगिक क्षेत्रलाई प्रदेशकै गौरवको योजनाका रूपमा लिइएको नेकपाका केन्द्रीय सदस्य कृपाराम राना बताउँछन् । उनले भने, ‘रोजगारीका अवसर समेत सिर्जना हुन्छन् ।’

औद्योगिक क्षेत्र पुग्ने पहुँच मार्ग निर्माणका लागि बेदकोट नगरपालिकाले काम अगाडि बढाएको छ । ‘लामो समयदेखि वन मन्त्रालयमा फायल अड्किँदा काम अगाडि बढन सकेको थिएन,’ बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्दले भने, ‘वन मन्त्रालयबाट भोगाधिकारका लागि जग्गाको स्वीकृति पश्चात वातावरणीय प्रभाव मूल्यांकनसँगै डीपीआर निर्माणको कार्य पूरा भएपछि आद्यौगिक क्षेत्र स्थापनाको कार्य अगाडि बढेको छ । औद्योगिक क्षेत्रको शिलान्यास हुने भएपछि यसले गति लिनेमा ढुक्क छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x