राजधानीमा एक पुरुषा मृत अवस्थामा फेला

काठमाडौँ महानगरपालिका–६ रामहिटीस्थित सडकमा एक पुरुष आज मृत अवस्थामा फेला परेका र उनको पहिचान नभएको प्रहरीले जनाएको छ ।  घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।
उता चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध तीन हजार ट्याब्लेट, नाइट्राजेपाम, ३०० एम्पुल नुर्फिन, ३०० एम्पुल डाइजेपाम र ३०० एम्पुल प्रोमेथाइजिनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटका १९ वर्षीय विवेक महतो रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले रौतहटबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख ७१९४ नम्बरको बस जाँच गर्ने क्रममा महतोको साथमा उक्त लागुऔषध फेला परेको हो । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्