'पहिला निर्वाचनमा सूर्य चिह्न लिन नमान्नेहरुले अहिले आफ्नो भन्नु हास्यास्पद'

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोख्रेलले निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । नेकपाको जिल्ला अधिवेशन आयोजक कमिटी चितवनले आज आयोजना गरेको शपथग्रहण कार्यक्रममा उनले तोकिएको समयमा निर्वाचन स्पष्ट गरे । आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचन तोकिएको छ ।

पार्टीको आधिकारिकताको विषयमा चिन्ता नगर्न कार्यकर्तालाई उनले आग्रह गरे । उनले भने, “प्रधानमन्त्री केपी शर्मा ओली जहाँ हुनुहुन्छ, त्यहीँ सूर्य चिह्न हुन्छ । पहिला निर्वाचनमा सूर्य चिह्न लिन नमान्नेहरुले अहिले आफ्नो भन्नु हास्यास्पद हो ।”
 
पार्टीभित्रको आन्तरिक कलहका कारण देश यो अवस्थामा आएको उनले बताए । 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्