×

NMB BANK
NIC ASIA

समुदायको पहिलो रोजाई बन्ने शाइन रेसुंगा बैंकको लक्ष्य

फागुन ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आफ्नो प्रतिष्पर्धा समग्र बैंकिङ क्षेत्रसँग रहेको दावी गरेको छ ।

Muktinath Bank

 आफ्नो प्रतिष्पर्धा विकास बैंकहरुसँग मात्र नभइ सम्पूर्ण बैंकिङ क्षेत्रसँग रहेको र समुदायले खोजे जस्तो बैंकको रुपमा अगाडि बढाउने बैंकको दावी छ । करिब १२ बर्ष अघि स्थापना भएको बैंकले समुदायको भावना र चाहना अनुसार अगाडि बढाउदै आएको बताएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१२ औं वार्षिकोत्सवको अवसरमा बैंकले बुटवलको कालिकानगरमा नव निर्मित भवनबाट सेवा प्रवाह शुरु गर्न लागेको छ । बैंकले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बैंक समुदायको हित भन्दा बाहिर नजाने र समुदायले खोजे जस्तो बैकको रुपमा लैजाने बताए । उनले राष्ट्रकै अग्रणी विकास बैंक बन्ने लक्ष्यमा  साथ बैक अगाडि बढेको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

बैकका अध्यक्ष थानेश्वर पौडेलले १२ वर्षअघि छ करोड पुँजीबाट शुरू गरिएको बैंकको चुक्ता पुँजी तीन अर्व ४० करोड र जगेडा कोष ७२ करोड गरी चार अर्व १२ करोड पुगेको जानकारी दिए । 

Vianet communication
Laxmi Bank

बैंकमा हाल ३३ अर्व १२ करोड निक्षेप रहेको र ३० अर्व ५० करोड कर्जा प्रवाह गरिएको तथा चार लाख २३ हजार ग्राहक रहेको बैंकले जनाएको छ । 

बैंकका अध्यक्ष पौडेलका अनुसार बैंकको काठमाडौंमा तीनवटा सहित देशभर ७८ वटा शाखा कार्यालय र तीन वटा एक्स्टेन्सन काउण्टर रहेका छन् । लुम्बिनी प्रदेशमा शाखा संख्या, निक्षेप संकलन, कर्जा लगानी, ग्राहक संख्या सबै हिसाबले शाइन रेसुंगा बैंक एक नम्बरमा रहेको छ । 

अध्यक्ष पौडेलले बैंकले कुल कर्जाको २४.६९ प्रतिशत लगानी उत्पादनशील क्षेत्रमा र १०.९९ प्रतिशत लगानी कृषि क्षेत्रमा गरेको जानकारी दिए । बैंकले यसअघि अनुमति लिँदा लुम्बिनीका तीन जिल्लालाई कारोवार र शाखा सञ्चालन गर्ने गरी अनुमति लिएकोमा राष्ट्र बैंकको निर्देशन अनुसार गुल्मीको रेसुंगा बिकास बैंक,प्युठानको गौमुखी विकास बैंक, भैरहवाको पूर्णिमा बिकास बैंक र नेपालगन्जको भार्गव बिकास बैंकलाई मर्ज गरी राष्ट्रिय स्तरको बिकास बैंक बनेको अध्यक्ष पौडेलले बताए ।

त्यसैगरी बैकमा २७२ महिला र ३३५ जना महिला गरी ६०७ कर्मचारी तथा १६७ जना सुरक्षागार्ड गरी ७७४ जनाले रोजगारी प्राप्त गरेका छन् । 

बैंकको लुम्बिनी प्रदेशका १० जिल्लामा (रोल्पा र रुकुम बाहेक) ६८ वटा शाखा कार्यालय र १ वटा एक्सटेन्सन कार्यालय, वागमती प्रदेशको चितवनमा १, काठमाण्डौमा ३, गण्डकी प्रदेशको बाग्लुङमा १ गरी ७३ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन कार्यालय सञ्चालनमा रहेका छन् भने काठमाडौमा २ वटा, पोखरामा १ वटा, सुदुर पश्चिम प्रदेशको धनगढीमा १ र महेन्द्रनगरमा १ शाखा कार्यालयको भौतिक संरचना निर्माण भई रहेको प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए । 

 बैंकको ४ लाख २३ हजार भन्दा बढी ग्राहकहरू रहेका छन् । नेपाल राष्ट्र बैंकले कूल कर्जाको कम्तीमा १६ प्रतिशत उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने नीतिगत ब्यवस्था गरेकोमा बैंकले २०७७ पौष मसान्तसम्ममा उत्पादनशील क्षेत्रमा कूल कर्जाको २४.६९ प्रतिशत लगानी गरेको छ भने कृषि लगायत ब्याज अनुदानमा आधारित कर्जा १०.९९ प्रतिशत कर्जा प्रवाह गरेको छ ।

 बैंकले लघु, घरेलु तथा साना उद्यम १५ लाखसम्मका उद्यम, व्यापार व्यावसाय कर्जा अन्तर्गत ३०४ जना ऋणीलाई रु. २४ करोड ५ प्रतिशत व्याज दरमा प्रदान गरिएको छ । महिला उद्यमी, फरक ढंगले सक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम व्यावसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा ६ जना ऋणीलाई रु. ४ करोड १९ लाख ३ प्रतिशत ब्याज दरमा विशेष पुनरकर्जा प्रदान गरिएको छ । साधारण पुनरकर्जा अन्तर्गत ७२ जना ऋणीलाई रु. ६४ करोड ६ लाख ५ प्रतिशत ब्याजदरमा प्रदान गरिएको छ । 

 समाजसँगै बैंक भन्ने अभियान अन्तर्गत संस्थागत सामाजिक क्षेत्र अन्तर्गत वित्तीय जागरण, दुर्घटना न्यूनीकरण, सरसफाई तथा वातावरण संरक्षण, वृक्षारोपण, शैक्षिक क्षेत्र, स्वास्थ्य उपचार लगायतका क्षेत्रहरुमा बैंकले आफूलाई जोडेको प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x