×

NMB BANK
NIC ASIA

मुख्यमन्त्री कार्यालय अगाडि बादी समुदायको रात्रिकालीन धर्ना

फागुन ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि दैलेखका बादी समुदायले रात्रिकालीन धर्ना दिएका छन् । प्रदेश सरकारसँग व्यवस्थित बसोबासको माग गर्दै उनीहरु सोमबार बेलुकी ७ः०० बजेदेखि आज रातभरि मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसेका हुन् । 

Muktinath Bank

आइतबार दैलेखबाट पैदल हिँडेर सोमबार बेलुकी सुर्खेत पुगेका उनीहरु राति मुख्यमन्त्री कार्यालय अगाडिको खुला चौरमा धर्नामा बसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । “करिब ८०÷९० को सङ्ख्यामा रहेका उनीहरु खुला चौरमा बसेकाले प्रहरीले सुरक्षा दिएको छ”, उनले भने, “उनीहरुले गाँस, बास र कपासको माग गर्न प्रदेश सरकारसँग आएको बताएका छन् ।” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुल्लु नगरपालिका–१ दैलेखका हिक्मत बादीले भारी बोक्दै र माछा मार्दै चलाइएको जीविका गाह्रो हुँदै गएको र जमीन पनि नभएकाले तिनको व्यवस्थाका लागि सरकारसँग माग गर्न आएको बताए । उनले भने, “हामीलाई नदी किनारामा बालुवा निकाल्न बन्देज लगाइयो । जीवन चलाउन कठिन भयो । कोरोना महामारीले झन् ठूलो सङ्कट बनाउँदा अन्ततः शरीर नै  बेच्नुपर्ने बाध्यता आइलागेका कारण हामीलाई गाँस, बास मिलाइदेओस् भनी प्रदेश सरकारको शरणमा आएका छौँ ।” माग पूरा नभएसम्म जिल्ला नफर्कने बादीले बताए । 


Advertisment
Nabil box
Kumari

उनीहरुले प्रदेश सरकारसँग सुरक्षित आवास र खेतीपाती गर्ने जमीनको माग गर्ने बताएका छन् । उनीहरुका साथमा साना बालबालिकासँगै वृद्धवृद्धासमेत रहेका छन्  । दैलेखमा ११२ घरधुरीमा ४०२ जनसङ्ख्या बादी समुदायको रहेको बताइएको छ ।
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x