‘बी’ डिभिजन लिग फूटबल आजदेखि हुँदै

शहीद स्मारक ‘बी’ डिभिजन लिग फूटबल अन्तर्गतका बाँकी खेल आज मंगलवारदेखि शुरू हुने भएका छन् ।

कोरोना भाइरसको महामारीका कारण ‘बी’ डिभिजन लिग गत वर्ष चैत ५ गते स्थगन भएको थियो । 


Advertisement

लिगमा मंगलवार २ खेल हुने अखिल नेपाल फूटबल संघ (एन्फा) प्रवक्ता किरण राईले जानकारी दिए ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पहिलो खेल मध्यपुर युथ एशोसिएशन र नयाँ बस्ती युवा क्लबबीच तथा दोस्रो खेल पुल्चोक स्पोर्ट्स क्लब र खुमलटार युथ क्लबबीच हुनेछ ।


Advertisement

पहिलो खेल १२ः१५ बजे तथा दोस्रो खेल दिउँसो ३ः३० बजे हुने एन्फाले जनाएको छ ।  
 

कमेन्ट गर्नुहोस्