धरान र ढल्केबर कृषि उपज बजारमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

धरान र ढल्केबर कृषि उपज बजारमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा 

माछापुच्छ्रे बैंक लि. ले ढल्केबर र धरान कृषि उपज बजारमा  क्यूआर कोड सेवा संचालनमा ल्याएको छ । 


Advertisement

धरान कृषि उपज बजार तथा ढल्केबर कृषि उपज बजार स्थित दुई छुट्टै क्यूआर हस्तान्तरण कार्यक्रममा राष्ट्र बैंकका उप निर्देशक सत्यन्द्र तिमिल्सिना र मिथिला नगरपालिकाका नगर प्रमुख हरिनारायण महतोले क्यूआर कोड सेवाको शुरुवात गरेका हुन् । 

उक्त क्यूआर कोडसेवा शुरू भएसँगै ढल्केबर र धरान कृषि उपज बजारमा तरकारी तथा फलफुल किन्नका लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेशन प्रयोग गरी आफुले खरिद गरेको तरकारी तथा फलफुल रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् ।  


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्