नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपामाथिको प्रतिबन्ध फुकुवा तथा सर्वोच्च अदालतको फैसलापछिको सम्भावित सुरक्षा रणनीति बनाउन सुरक्षा परिषद्को बैठक बसिरहेको छ ।
सिंहदरबारस्थित सुरक्षा परिषद्को कार्यालयमा बिहान बसेको बैठकले विप्लवमाथि लागेको प्रतिबन्ध फुकुवाका लागि सिफारिश गरेको स्रोतले बतायो ।
प्रधानमन्त्री अध्यक्ष रहने सुरक्षा परिषद्मा गृह, रक्षा मन्त्रीसहित प्रधानसेनापति रहने व्यवस्था छ ।
आवश्यक परेको समयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई समेत बोलाउने व्यवस्था छ ।
सुरक्षा मन्त्रिपरिषद्को बैठकलगत्तै मंगलवार नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बस्दैछ ।
मन्त्रिपरिषद् बैठकमार्फत सरकारले विप्लवमाथिको प्रतिबन्ध फुकाउँदै वार्ताका लागि आह्वान गर्ने तयारी छ ।
यसअघि विप्लवले शनिवार विज्ञप्ति प्रकाशित गरी सरकारसँग वार्ता र संवादका लागि तयार रहेको बताएका थिए ।
लोकान्तर संवाददाता