इन्फ्रास्ट्रकर बैंकको शेयर मूल्यमा पहिरो, एकै दिन १० प्रतिशतले घट्यो

लगातार सकारात्मक सर्किट लाग्दै आएको नेपाल इन्फ्रास्टक्चर बैंकको शेयर मूल्यमा मंगलवार पहिरो गएको छ ।

६ सय ९३ मा बजार खुले पनि शुरुमा ७२६ पुगेको मूल्य एक्कासि घटेर ५ सय ९४ कायम भएको हो ।


Advertisement

अघिल्लो दिनसम्म यस बैंकको शेयर किन्नेको भीड लाग्ने गरेकोमा मंगलवार भने बेच्नेको चाप छ । 

ठूला लगानीकर्ताले एकैपटक प्रोफिट बूक गर्न खोज्दा बैंकको शेयरमा पहिरो गएको हो ।


Advertisement

२ लाख ७७ हजार कित्ता शेयर ५ सय ९४ मै बिक्री गर्नका लागि राखिएपनि किन्नेको संख्या नगन्य छ । 

कुल ४ लाख ६४ हजार कित्ता शेयर बिक्रीमा छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्