'द गर्ल अन द ट्रेन'बाट आशावादी परिणीति, थ्रिलरले चम्काउला भविष्य ? [भिडियोसहित]

बलिउड अभिनेत्री परिणीति चोपडा आफ्नो आगामी फिल्मलाई लिएर निकै आशावादी देखिएकी छन् ।

परिणीतिको आगामी फिल्म 'द गर्ल अन द ट्रेन' आउँदो रहस्यमय थ्रिलर जनराको हो ।


Advertisement

​उक्त फिल्म रिभु दास गुप्ताद्वारा निर्देशित छ । यस चलचित्रको ट्रेलरले पहिले नै  धेरै चर्चा कमाइसकेको छ।

यसको ट्रेलरबाट नै परिणीतिको अभिनयले धेरैलाई चकित बनाएको छ । 

हलसालैको एक अन्तर्वार्तामा उनले भनेकी छिन्- 'फिल्मको शूटिङ एक दिक्क लाग्ने प्रक्रिया हो तर म तबसम्म सेट छाडेर घर र्फिकन चाहिनँ, जबसम्म त्यो सीन राम्रो हुँदैनथ्यो ।'

परिणति आफ्ना पछिल्ला केही चलचित्रले राम्रो व्यापार नगरेकाले चिन्तित थिइन् ।

अब यस चलचित्रबाट आफू निकै आशावादी रहेको उनको प्रतिक्रिया छ ।

हेर्नुहोस्, ट्रेलर :

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्