पश्चिमी वायुको आंशिक प्रभावले देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।
प्रदेश नम्बर १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका १–२ स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।
‘उक्त प्रणालीको प्रभाव बुधवार बेलुकासम्म रहने छ । ठूलो पानी पर्ने सम्भावना भने रहेको छैन,’ उनले भनिन् ।
हाल देशका केही पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार मंगलवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव ० डिग्री र अधिकतम तापक्रम २४ दशमलव ४ डिग्री सेल्सियस छ ।
मंगलवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १ दशमलव ० डिग्री सेल्सियस छ ।
रासस