प्रहरी इन्सपेक्टरको लिखित परीक्षाको नतिजा सार्वजनिक [सूचनासहित]

नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा भर्नाका लागि मंसिर २८–३० गतेसम्म सञ्चालित लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

नेपाल प्रहरीले एक सूचना प्रकाशित गर्दै उत्तीर्ण उम्मेदवारको विवरण प्रकाशित गरेको छ । लोक सेवा आयोगले लिखित परीक्षा लिएको थियो ।


Advertisement

उत्तीर्ण उम्मेदवारलाई फागुन १६ गते बिहान ९ बजे काठमाडौंको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा विशेष स्वास्थ्य परीक्षण परीक्षामा सहभागी हुन सूचित गरिएको छ ।

परीक्षामा सहभागी हुन आउँदा सक्कलै नागरिकता र प्रवेश–पत्र समेत साथ ल्याई आधा घण्टा अगावै उपस्थित हुन भनिएको छ ।


Advertisement

प्रहरी निरीक्षक (जनपद) पदको लिखित परीक्षाको नतिजा प्रकाशन तथा विशेष स्वास्थ्य परीक्षण सम्बन्धी सूचना (२०७७-११-१०)

Posted by Nepal Police on Monday, February 22, 2021
लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्