अमेरिकाको बाइडन प्रशासनले रुसका विपक्षी नेता एलेक्सी नभाल्नीलाई कारागारमा राखेकोमा रुसविरुद्ध प्रतिबन्ध लगाउने तयारी गरेका छन् ।
पोलिटिको पत्रिकाका अनुसार, अमेरिकाले युरोपेली साझेदारहरूसँग मिलेर आगामी केही हप्तामा रुसविरुद्ध प्रतिबन्धको खाका तयार पारिरहेको छ ।
राष्ट्रपति जो बाइडनले मानवअधिकारलाई आफ्नो परराष्ट्रनीतिको प्रमुख एजेन्डा बनाएकाले रुसलाई मानवअधिकार दुर्व्यवहारका सन्दर्भमा जवाफदेही बनाउन प्रतिबन्धको घोषणा गर्न लागेका हुन् ।
कस्ता किसिमका प्रतिबन्ध लगाउने भन्ने स्पष्ट छैन ।
अमेरिकाको परराष्ट्र मन्त्रालयमा युरोपियन यान्ड युरेसियन अफेयर्स उपसचिव ड्यानियल फ्राइडले बताए, ‘हामीले नभाल्नीलाई एकान्त कारवासमा पठाए पनि रोक्न सक्छौं जस्तो लाग्दैन । तर शीघ्र कारवाही गरेर पुटिनलाई अमेरिका यस विषयमा कारवाही गर्न तयार रहेको सन्देश दिनुपर्छ ।’
एजेन्सी