अदालतले संवैधानिक दायित्व पूरा गर्यो – देउवा

फाइल फोटो

सर्वोच्च अदालतबाट १३ दिनभित्र बैठक बस्ने गरी प्रतिनिधि सभा पुनःस्थापनाको फैसला गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतले संवैधानिक दायित्व पूरा गरेको प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै देउवाले भनेका छन्, 'सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ । मैले सुरुदेखि नै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनुपर्छ भन्दै आएको थिएँ । सोही अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको छ । कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ ।'


Advertisement

उनले संविधान कार्यन्वयनका क्रममा देखिने विवादहरु समाधान गर्ने अन्तिम थलो सर्वोच्च अदालतनै रहेको बताए ।

'सर्वोच्चले संसद विघटन बदर गरेर संवैधानिक दायित्व पुरा गरेको छ । यसका लागि सर्वोच्च अदालतको संवैधानिक इजालशका न्यायधीशहरुलाई पनि म धन्यवाद दिन चाहन्छु ।'


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्