×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा विघटनपछि बल नेकपा संसदीय दलको ‘कोर्ट’मा : के हुन्छ अबको प्रक्रिया ?

फागुन ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधि सभा विघटन गर्ने सर्वोच्च अदालतको फैसलासँगै बल नेकपा संसदीय दलको कोर्टमा पुगेको छ ।

Sagarmatha Cement
Muktinath Bank

आजसम्म संसदीय दल विभाजित नभएको र बहुमतप्राप्त दल भएकाले वर्तमान सरकारको भविष्य, भावी सरकार लगायतका तमाम विषय नेकपा संसदीय दलको निर्णयमा नै निर्भर हुने देखिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनको निर्णय मंगलवार बदर गरिदिएको हो ।


Advertisment
Nabil box
Kumari

सर्वोच्चले पुनस्र्थापित प्रतिनिधि सभाको बैठक १३ दिनभित्र बोलाउनुपर्ने फैसला पनि सुनाएको छ । सर्वोच्चको ऐतिहासिक फैसलासँगै अब के हुन्छ भन्नेमा सबैको ध्यान छ ।

Vianet communication
Laxmi Bank

१३ दिनभित्र भन्नुको अर्थ फागुन २४ गतेभित्र प्रतिनिधि सभा बैठक बसिसक्नुपर्नेछ । त्यसपछि राजनीतिक घटनाक्रम कसरी अगाडि बढ्छ भन्ने कुरा नेकपा संसदीय दलका निर्भर हुनेछ ।

यस विषयमा हामीले राष्ट्रिय सभाका सदस्य एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारी (जो हाल नेकपा प्रचण्ड-नेपाल समूहमा छन्)सँग कुराकानी गरेका छौं ।

प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

सर्वोच्चको आदेशपछि अब राष्ट्रपतिले संसद्को बैठक बोलाउनुपर्‍यो । प्रतिनिधि सभा हिजोजस्तो थियो त्यसैगरी बस्छ । 

बैठक बसिसकेपछि राजनीति दलका कुरा मिलेदेखि प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ र अर्को प्रधानमन्त्री निर्वाचनको बाटो खुल्छ । संसद्ले प्रधानमन्त्री चयन गर्छ । 

यदि सहमतिमा राजीनामा दिनुभएन भने संसद्मा अविश्वासको प्रस्ताव दर्ता हुन्छ । त्यसमा भोटिङ हुन्छ ।

त्यो भन्दा अगाडि नै प्रधानमन्त्रीले म विश्वासको मत लिन चाहन्छु भन्नु भयो भने त्यो प्रक्रिया हुन्छ । प्रधानमन्त्रीले चाहेमा विश्वासको मत प्राप्त गर्नुभएन भने अविश्वासको प्रस्ताव दर्ता हुन्छ । 

अब को प्रधानमन्त्री हुन्छ, हुँदैन भन्दा पनि संविधान सक्रिय भयो भनेर पनि भन्नुपर्छ । 

प्रतिनिधि सभा विघटनपछि विवाद शुरू भएको छ ।

नेकपा संसदीय दल पनि एउटै छ, संसदीय दलले नेता फेर्न सक्छ । 

संसदीय दलको नेता केपी शर्मा ओली हुनुहुन्छ । संसदीय दलको बैठक ओलीले बोलाउनु पर्‍यो ।

विधानमा उपनेताले पनि बोलाउन सक्छ । नभए बहुमत सदस्यले पनि संसदीय दलको बैठक बोलाउने व्यवस्था छ ।

यो कोर्स सजिलो छैन । अबको जिम्मेवारी निर्वाचन आयोगमा छ । 

निर्वाचन आयोगले कुन दल आधिकारिक हो नभनेकाले विवाद जटिल बनेको हो । 

अब आयोगले पनि निर्णय गर्ला ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x