संसद् पुनर्स्थापनाछि पूर्व महान्यायाधिवक्ता संग्रौलाको प्रतिक्रिया– 'अब देश जनताको हुनुपर्छ'

प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्चको फैसलापछि पूर्व महान्यायाधिवक्ता युवराज संग्रौलाले अब देश जनाको हुनुपर्ने प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै संग्रौलाले देशमा भाँडभैलो मच्चाउनेको संख्या ठूलै रहेकोमा सचेत पनि गरेका छन् ।


Advertisement

'देशमा भाँडभैलो मच्चाउनेको संख्या सानो छैन। यो बीचमा के-के देखिएन । विदेशीको भोज खाने र पदका लागि नाङ्गो- हुने कथित प्रतिनिधिलाई जनताले चिन्नु पर्छ,' संग्रौलाले लेखेका छन् ।

यस्तो छ उनको स्टाटस :


Advertisement

देशमा भाँडभैलो मच्चाउनेको संख्या सानो छैन। यो बीचमा के-के देखिएन ।

१. कोही मानिस जनताभन्दा माथि छैन ।
२. जनताले विकासका नाममा भ्रष्टाचारको भारी बोक्नुपरेको छ। पानी छैन। तर कमिसन खान जताततै बाटो खोतल्न र जंगल समेत प्लटिङ गरेका छ्न् ।
३. म गाउँमा छु। आज धेरैतिर गएँ । पीडा हुन्छ देख्दा। यी पीडा प्रधानमन्त्रीलाई भन्न खोज्दा बालुवाटार छिर्न कहिल्यै पाइएन। प्रधानमन्त्रीले वरिपरिका मानिस चिनेको भए देशले बाटो लिने थियो।
४. अब देशले जनताको देश हुन पाउनु पर्छ । अब सत्ताको राजनीति हुन सक्दैन। अब भ्रष्टाचारका विरुद्ध जनताले आवाज उठाउनु पर्छ। देश बनाउन सक्ने मानिस छन् ।​

विदेशीको भोज खाने र पदका लागि नाङ्गो- हुने कथित प्रतिनिधिलाई जनताले चिन्नुपर्छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्