सर्वोच्चको फैसलाको सम्मान गर्छौँ : महासचिव पौडेल

नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलाको सम्मान गर्ने प्रतिक्रिया दिएका छन् । लोकान्तर डट् कमसँग संक्षिप्त कुरा गर्दै पौडेलले सर्वोच्चको निर्णयको सम्मान गर्ने बताएका हुन् ।

‘नेपालको संविधानले नै सर्वोच्च अदालतलाई संविधानको अन्तिम व्याख्याता भनेको छ । त्यसैले अदालतको फैसलालाई पालना गर्नु सबैको कर्तव्य हुन आउँछ । हामीपनि अदालतको फैसलालाई पालना गर्छौँ’, उनले भने ।
अब कसरी अघि अगाडि जानुहुन्छ भन्ने लोकान्तरको प्रश्नमा पौडेलले भने, ‘हामी परिस्थितिको विश्लेषण गर्छौ र छिट्टै उपयुक्त निष्कर्षमा पुग्छौँ ।’


Advertisement

सर्वोच्चले मंगलबार प्रतिनिधि सभा विघटन बदर गरिदिएको थियो । झण्डै २ महिना लामो सुनुवाइपछि  प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन बदर हुने फैसला गरेको हो ।
मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्