सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएसँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्चको फैसलाबाट सुरु हुने अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पलपल पुष्टि गर्ने प्रतिक्रिया दिएका छन् ।
‘सर्वोच्चको फैसलाबाट सुरु हुने अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पलपल पुष्टि गर्नेछ । हिम्मत र धैर्यताका साथ अघि बढौं’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
उनी प्रधानमन्त्री केपी ओलीका विश्वासपत्र मानिन्छन् ।
सर्वोच्चले मंगलबार प्रतिनिधि सभा विघटन बदर गरिदिएसँगै उनको यस्तो प्रतिक्रिया आएको हो ।
लोकान्तर संवाददाता