संविधानविद् भिमार्जुन आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारीता पराजित भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गरिदिएसँगै उनले यस्तो प्रतिक्रिया दिएका हु्न ।
‘फैसलाले न्यायालय अझै स्वतन्त्र र सक्षम भन्ने कुरा स्थापित गरेको छ। संविधानको पवित्रता जोगिएको छ । स्वेच्छाचारीता पराजित भएको छ । विश्व मञ्चमा सिंगो देश,कानूनी व्यवस्था, न्यायालय र जनताको साख उँचो भएको छ। अरू कार्यभार पुनःस्थापित संसद र दलहरुले पूरा गर्नु पर्ने अपेक्षा गरिएको छ’, ट्वीटरमार्फत उनले भनेका छन् ।
लोकान्तर संवाददाता