प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद रहेको बताएका छन् । उनले तर फैसला मान्दै कार्यान्वयन गर्नुको विकल्प नभएको बताएका छन् ।
‘सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् । तर फैसलाका दुष्प्रभावहरू भविष्यमा देखिँदै जाने निश्चित रहेको दावी उनले गरेका छन् ।
‘यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ । प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ,’ उनले भनेका छन् ।
उनले प्रधानमन्त्रीले तत्काल राजीनामा भने नदिने उनले बताएका छन् ।
मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरिदिएको थियो ।
लोकान्तर संवाददाता