×

NMB BANK
NIC ASIA

वीरगञ्जमा थप ५ हजार क्विटल धान खरिद गरिने

फागुन १२, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षमा प्राप्त गरेको सोना मन्सुली धान खरिद कोटाको लक्ष्य पुग्न नसकेपछि थप ५ हजार क्विटल खरिद गर्ने भएको छ । 

Muktinath Bank

शाखाले चालु आर्थिक वर्षका लागि ३० हजार क्विटल सोना मन्सुली धान खरिदको कोटा पाएकोमा हालसम्म ९ करोड २१ लाख १ हजार ६५ रुपैयाँ मूल्य बराबरको ३१ हजार २९६ क्विटल धान मात्र खरिद गर्न सकेकाले थप ५ हजार क्विटल धान खरिद गरी लक्ष्य भेट्ने कार्यालयका शाखा प्रमुख विकास कटुवालले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कम्पनीले जिरामसिनो धान ५ हजार क्विटल खरिद गर्ने लक्ष्य पाएकोमा हालसम्म ३ लाख ३८ हजार ४३० रुपैयाँ मूल्य बराबरको ११७ क्विटल मात्र धान खरिद गर्न सकेको छ । नेपालभन्दा भारतमा जिरामसिनो धान बढी उत्पादन भए पनि आयात हुन नसकेको तथा पर्साका किसानले थोरै मात्रामा जिरामसिनो धानको खेती गर्ने भएकाले खरीद लक्ष्य भेट्न नसकिएको हो ।


Advertisment
Nabil box
Kumari

जिरामसिनो धानको सट्टा सोना मन्सुली धान खरिद गर्ने भनेर खरिद विभागबाट निर्देशन आएकाले थप ५ हजार क्विटल सोना मन्सुली धान खरिद गर्न लागिएको सो कार्यालयका सूचना अधिकारी मुनीलाल कुशवाहले बताए ।

Vianet communication
Laxmi Bank

संघीय सरकारले यस वर्ष किसानबाट प्रति क्विटल ७ दशमलव ३५ प्रतिशत बढी मूल्यमा सोना मन्सुली धान तथा ६ दशमलव ५ प्रतिशत बढी मूल्यमा जिरामसिनो धान खरिद गर्न थालेका छन् । सोना मन्सुली धान प्रतिक्विटल २ हजार ८८५ रुपैयाँ तथा जिरामसिनो धान प्रतिक्विटल २ हजार ९०० रुपैयाँमा खरिद गर्न थालेको छ ।

अघिल्लो वर्ष सो कार्यालयले २५ हजार क्विटल सोना मन्सुलीधान तथा ३२ क्विटल २५ किलो जिरामसिनो धान खरिद गरेको थियो । 

पर्सामा ८५ प्रतिशत किसान धान खेती गर्दै आइरहेका छन् । यस वर्ष पर्साका किसानले ४७ हजार ५० हेक्टर क्षेत्रफलमा धान खेती गरी २ लाख २८ हजार ५६० मेट्रिकटन धान उत्पादन गरेका छन् । अघिल्लो वर्षभन्दा यसवर्ष पर्साका किसानले रु ७ करोड ४४ लाख १७ हजार ६०० मूल्य बराबरको २ हजार ७५० मेट्रिकटन बढी धान फलाएको कृषि ज्ञान केन्द्र पर्साका बाली विकास अधिकृत सुरेशप्रसाद चौरसियाले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x