जेठ ३०, २०८०
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
भारतको गुजरात राज्यमा रहेको जामनगर म्युनिसिपल कर्पोरेसन चुनावमा एक उम्मेदवारले कतै पनि प्रचारका लागि नगई खाटमा पल्टिएरै विजय प्राप्त गरेका छन् ।
भारतीय जनता पार्टीका उम्मेदवार गोपाल सोरठियाले वार्ड नम्बर ७ बाट चुनाव जितेका हुन् ।
टिकट पाउनुभन्दा दुई दिनअघि एक दुर्घटनामा परी उनका दुवै गोडा भाँचिएकाले प्लास्टर लगाएर खाटमा बस्नुपरेको थियो ।
यस्तो अवस्थामा उनले घरघर गएर चुनाव प्रचार गर्न सम्भव थिएन । त्यसैले उनले सामाजिक सञ्जालमा आक्रामक रूपमा चुनाव प्रचार गरे र अधिकतम मतदाताकहाँ पुगे ।
उनले आफ्नो भाषण रेकर्ड गरे र १० हजारजनालाई पठाए । ह्वाट्सयापमा नौ हजार मतदातालाई टेक्स्ट मेसेज पठाए अनि ३० हजारजनालाई एसएमएस पठाए ।
‘मतदाताहरू आफूलाई उम्मेदवारले व्यक्तिगत रूपमा आएर भेटे हुन्थ्यो भन्ने चाहन्छन् । तर म हिँडडुल गर्न असमर्थ थिएँ । त्यसैले मैले मतदातासमक्ष पुग्न सामाजिक सञ्जालको सहायता लिएँ र उनीहरूलाई मेरो पक्षमा मतदान गर्न विश्वस्त तुल्याएँ,’ सोरठियाले बताए ।
उनका कार्यकर्ताहरूले उनलाई मतदाताहरूसँग भिडियो कलमार्फत जोडे र उनले तिनीहरूसँग भोट मागे ।
सोरठिया सन् २०१० देखि भाजपामा छन् । हुन त उनी वडा नम्बर ८ का निवासी हुन् तर उनले वडा नम्बर ७ को टिकट पाए ।
‘
मेरा लागि नयाँ मतदाता थिए तर सामाजिक सञ्जाल अभियानले काम गर्यो,’ उनले बताए ।
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...