×

NMB BANK
NIC ASIA

चर्चा राजनीतिक समीकरणको

प्रतिनिधि सभा पुनर्स्थापनापछिको समीकरण : भावी सरकारमा जसपाको साथ कसलाई ?

फागुन १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई बदर गरिदिएपछि भावी सरकार र राजनीतिक समीकरण कस्तो हुने भन्ने चर्चा शुरू भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

मंगलवार सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि खास गरी नेकपा प्रचण्ड-नेपाल पक्षले बुधवार विजय जुलुस निकालेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालले बुधवार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर सत्ता सहकार्यको प्रस्ताव गरिसकेका छन् ।


Advertisment
Nabil box
Kumari

बहुमतप्राप्त दल नेकपा विभाजन भएको अवस्थामा सरकार गठनको विकल्प दलहरूबीचको गठबन्धनबाट मात्रै खोज्न सकिने अवस्था छ ।

Vianet communication
Laxmi Bank

यस्तो अवस्थामा दलहरूबीच कस्तो समीकरण बन्छ भन्ने आमचासो पाइन्छ ।

प्रतिनिधि सभाको आगामी २ वर्षे कार्यकालको सत्ता समीकरणमा मधेशकेन्द्रित दल राजपाको भूमिका पनि महत्त्वपूर्ण हुने देखिएको छ ।

राजपासँग ३४ सांसद छन् । त्यसमध्ये रेशम चौधरी र हरिनारायण रौनियार 'पप्पु' भने निलम्बित अवस्थामा छन् ।

अबको सत्ता समीकरणमा राजपाको साथ कसलाई?

प्रतिनिधि सभा पुनर्स्थापना भएपछि भावी सरकार बनाउनका लागि जसपाको सहयोगी भूमिका रहने जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्णले बताए ।

'असंवैधानिक कदमको प्रस्टरूपमा विरोध गरेर सडकमा आन्दोलित भएको पार्टीले अब संसद् पुनर्स्थापना भएपछि सरकार रिक्तताको अवस्था नरहोस् भनेर सरकार निर्माणको प्रक्रियामा सहयोगी भूमिका निर्वाह गर्छ,' कर्णले लोकान्तरसँग भने, 'कम्तिमा बाँकी २ वर्ष सरकार चलोस्, देशको विकास होस्, विभिन्न मुद्दाहरूको सम्बोधन होस् भन्ने कुराका लागि जसपाले बैठक बसेर निर्णय गर्नेछ ।'

संविधान संशोधनमा मधेशको मुद्दा र जेलमा बन्द रहेका नेताहरूको मुद्दा फिर्तासहितका मागमा सहमति जनाउनेलाई आफूहरूको समर्थन रहने उनले प्रस्ट पारे ।

'ओली, प्रचण्ड, नेपाल वा देउवामध्ये को प्रधानमन्त्री बन्ने हो ? कसैका लागि हामीले प्लेटमा सजाएर दिने कुरा पनि हुँदैन,' जसपा नेता राजेन्द्र महतोनिकट मानिने कर्णले भने, 'ओलीले सहमति जनाएर सरकार बने प्रचण्डका लागि पनि कुर्दैनौं, प्रचण्डले वा देउवाले सहमति जनाए अर्को पक्षका लागि नै पनि कुर्नुपर्ने कुरा हुँदैन ।'

सरकारमा सहभागी नै हुनुपर्छ भनेर पार्टीले निर्णय नगरेको र परिस्थिति हेरेर बैठक बसी निर्णय लिइने उनले बताए ।

'आवश्यकता पर्‍यो भने सरकारमा सहभागी पनि हुन सकिन्छ । आवश्यकता भएन भने सरकारमा सहभागी नभएर अहिलेजस्तै प्रतिपक्षमा समेत बस्न सकिन्छ,' कर्णले भने।

तर, जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं सांसद रामसहाय यादवले भने जसपा अब बन्ने सरकारमा सहभागी नहुने बताए ।

उनले लोकतन्त्रको मूल्य मान्यता र संविधानको भावनाअनुसार सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई बदर गरेर १३ दिनभित्र संसद् अधिवेशन आह्वान गर्न भनेर दिएको फैसलालाई जसपाले स्वागत गर्दै सम्मान गरेको पनि बताए ।

'अब संविधान पक्षधर, संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षताका सबै शक्तिहरू, राजनीतिक दल तथा नागरिक समाज समेत एकसाथ आएर एउटा सहमति गर्दै अगाडि बढ्नुपर्छ,' जसपाका अध्यक्ष उपेन्द्र यादवनिकट रहेका सांसद यादवले लोकान्तरसँग भने, 'सबै दल तथा शक्तिका बीचमा राष्ट्रिय मुद्दामा सहमति कायम गर्न जसपाले पनि पहल गर्छ।'

प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमलाई पार्टीले असंवैधानिक र राष्ट्रघाती भनेर विरोध गर्दै आएका कारण अब बन्ने सरकारमा ओलीको पक्षमा जाने कुरा त परिकल्पना पनि गर्न नसकिने उनले बताए।

'अहिलेसम्म पार्टी प्रतिपक्षमा नै बस्नुपर्छ भन्ने कुरा आएको छ,' यादवले थपे, 'तर आउँदो दिनमा परिस्थिति कसरी अगाडि बढ्छ, देउवा, प्रचण्ड वा माधव नेपाल कसको नेतृत्वमा सरकार बन्ने अवस्था आउँछ, त्यसअनुसार पार्टीले पनि निर्णय गर्नेछ।'

जसपा यथास्थितिमा सरकारमा सहभागी नहुनु मधेशका लागि ठीक हुने राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र लाभको राय छ ।

'मधेशको मुद्दा प्रमुख हो । विगतमा दुई बुँदे सहमति गरेर जसपा नेता उपेन्द्र यादव केपी शर्मा ओलीको नेतृत्वमा सहभागी भएका थिए । लिखित सहमतिका बावजुद पनि मधेशको समस्या समाधन भएन । उपेन्द्रजी अपमानित भएर सरकारबाट बाहिरिनुपरेको थियो,' अर्थशास्त्र विषयका प्राध्यापक समेत रहेका लाभले लोकान्तरसँग भने, 'प्रतिनिधि सभा विघटन भएपछि जसपाले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि एक कदम अगाडि आएर संविधान रक्षाका लागि आन्दोलित हुनु प्लस प्वाइन्ट हो।'

संविधान अधुरो र त्रूटिपूर्ण छ भनेर आन्दोलित जसपा संविधानको रक्षाका लागि स्पष्ट अडानमा देखिनु सकारात्मक रहेको उनको बुझाइ छ ।

अब तत्कालै राजनीतिक ध्रुवीकरण शुरू हुने उनले बताए ।

'आजसम्म विजय जुलुसको माहोल छ । भोलिदेखि ध्रुवीकरण, जोड घटाउ, गणितको खेल शुरू हुनेछ,' प्रा. लाभले थपे, 'जसपामा पनि विभिन्न फ्र्याक्सन भएको हुनाले यदि सरकारमै जानुपर्ने भयो भने मुद्दाको सुनिश्चिततालाई प्रमुख आधार बनाउनुपर्ने हुन्छ ।'

जोड घटाउको खेल शुरू भए जसपा विभाजन पनि हुन सक्ने आशंका रहेको उनले बताए । 'भोलिदेखि विभिन्न राजनीतिक दलले विभिन्न सांसदलाई विभिन्न किसिमका लोभ, लालच, प्रलोभन दिनेछन्,' लाभले लोकान्तरसँग भने, 'त्यस्तो अवस्थामा अहिले पनि विभिन्न फ्र्याक्सनमा रहेका जसपाका सांसद नै कता फस्नु हुनेछ भन्ने सम्भावना पनि जीवित नै छ।'

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै पुनर्स्थापनाको मागसहित जसपा पनि आन्दोलित भएको थियो।

विभिन्न मितिमा विभिन्न किसिमका आन्दोलनका कार्यक्रम राखेर विरोध प्रदर्शन गरेको भए पनि पार्टीमा दुई अलग-अलग धार देखिएको थियो।

शुरूमा एकसाथ विरोध गरिरहेको भएपनि पछिल्लो समय जसपामा दुई धार देखिन थालेको थियो। जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव विघटित प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्छ भन्ने अडानमा थिए ।

अर्कातर्फ जसपाका कार्यकारिणी समिति अध्यक्ष महन्थ ठाकुर र अर्का नेता राजेन्द्र महतोको लाइन भने अलि पृथक थियो । सर्वोच्च अदालतले चुनावको पक्षमा निर्णय गर्‍यो भने चुनाव सामना गर्न पनि तयार रहेको भनेर उनीहरू दुवै जनाले सार्वजनिक कार्यक्रममा भनेका थिए ।

जसपाका कार्यकारिणी समिति सदस्य तथा प्रतिनिधि सभाका सांसद समेत रहेका लक्ष्मणलाल कर्णले भने नेतृत्व तहमा व्यक्तिगत विचार तथा धारणा फरक-फरक भएपनि पार्टीको धारणामा कुनै पनि मतभिन्नता नरहेको बताए ।

'बाहिर के–के हल्ला भयो, सडकमा मान्छेले के भने त्यसको पछाडि लाग्नु हुँदैन । पार्टीमा कुनै पनि किसिमको मतान्तर देखिएको छैन,' कर्णले लोकान्तरसँग भने, 'ओलीको कदम असंवैधानिक थियो भनेर हामीले पार्टीमा निर्णय गरेर नै आन्दोलन गरेका थियौं।'

पार्टीमा फरक–फरक विचार देखिएको भए पनि पार्टी एकमत रहेको तथा कुनै पनि हालतमा नफुट्ने जसपा नेता रामसहाय यादवको जिकिर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x