×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फेर्न सकिन्छ – देव गुरुङ

फागुन १२, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

नेकपाको प्रचण्ड-नेपाल पक्षका नेता देव गुरुङले यसअघि संसद सचिवालयमा दर्ता गरिएको प्रस्ताव फेर्न सकिने बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

सिंहदरबारमा बसेको संसदीय दलको बैठकपश्चात सञ्चारकर्मीहरूसँग कुरा गर्दै गुरुङले त्यतिबेला राखिएको अविश्वासको प्रस्ताव प्रधानमन्त्रीलाई हटाउने प्रयोजनका लागि मात्र भएको स्पष्ट पारे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'अविश्वासको प्रस्तावकले कन्टेन्ट अपग्रेड गरेर नयाँ प्रस्ताव दर्ता गर्न सक्छन्,' गुरुङले भने, 'विधिका हिसाबले त त्यही हो । तर कन्टेन्ट फेरबदल हुन सक्छ । नियमावलीले विकल्पसहित अविश्वासको प्रस्ताव ल्याउन सकिने भनेको छ । त्यसैले त्यतिबेला एउटा विकल्प दिइएको थियो । अर्को विकल्प फेर्न सकिन्न भन्ने होइन ।'


Advertisment
Nabil box
Kumari

पुन:स्थापित प्रतिनिधि सभा विघटन भएको दिन गत पुस ५ गते नै नेकपाका ९० सांसदहरूको हस्ताक्षरमा अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।

Vianet communication
Laxmi Bank

नेता गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफैंले विघटन गरेको संसदमा गएर विश्वासको मत माग्ने नैतिकता नभएकोसमेत जिकिर गरे ।

'आफैंले विघटन गरेको संसदमा हैसियतले गएर विश्वासको मत माग्ने ?' गुरुङले भने, 'नैतिकताका आधारमा प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ भनेर भनेका छौं । यदि अविश्वासको प्रस्ताव सामना गर्ने हो भने हामी पनि तयार छौं ।'

सरकारले दल विभाजन या अन्य कुनै अध्यादेश ल्याउन पनि सक्ने सन्दर्भमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा गुरुङले भने, '१३ दिन भित्र संसद बोलाउने भन्ने फैसला आएको छ । बाध्यकारी हिसाबले संसद बैठक बस्ने मिति नै तोकिएको अवस्थामा अध्यादेश आउन सक्दैन । अधिवेशन नचलेको अवस्थामा कुनै जरुरी कुरा परेका बेला बल्ल अध्यादेश ल्याउने हो ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x