भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसद् पुनःस्थापना गर्ने सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुमेको प्रतिक्रिया दिएका छन् ।
बागीश्वरी माध्यमिक विद्यालयले अवकाश प्राप्त चार शिक्षकको सम्मानमा आज आयोजना गरेको कार्यक्रममा उनले संसद् पुनःस्थापनाले सत्ताको चलखेल शुरु भएको बताए । उनले भने, “संसद् पुनःस्थापनाले शासक दलबीचको कुर्सी र पदको झगडा पुनः दोहोरिनेछ । यसले शासक दलबीच सत्ताको चलखेलसमेत शुरु भएको छ ।”
लोकान्तर संवाददाता