बैंकको भौचर, छाप कीर्ते गरेको आरोपमा लेखा अधिकृत पक्राउ

लिखत सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा काठमाडौंको तारकेश्वर नगरपालिका–६ बस्ने चितवनको भरतपुर नगरपालिका–११ घर भएका मालपोत कार्यालय भरतपुर चितवनमा कार्यरत तत्कालीन लेखा अधिकृत ५७ वर्षीय रिठ्ठे परियारलाई बुधवार प्रहरीले पक्राउ गरेको छ । 

लेखा अधिकृत रिठ्ठे समेतको संलग्नतामा चितवनको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय भरतपुरको भौचर, छाप र कर्मचारीको दस्तखत समेत कीर्ते गरी १ करोड १७ लाख २४ हजार ५३८ रुपैयाँ लिखत सम्बन्धी कसूर गरी सरकारी रकम अपचलन गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएपछि तारकेश्वर नगरपालिका–६ मा लुकिछिपी बसेको अवस्थामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।


Advertisement

कसूर सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्