×

NMB BANK
NIC ASIA

यही सरकार चलिरहने वा ओली र अर्को पार्टी मिलेर सरकार बन्ने जब्बर सम्भावना छ– टोपबहादुर

फागुन १४, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

ऊर्जामन्त्री एवं नेकपा ओली समूहका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले नयाँ सरकार बन्न नसक्ने अवस्थामा यही सरकारले निरन्तरता पाउने दाबी गरेका छन् ।

Muktinath Bank

उनले मुलुक फेरि मध्यावधि निर्वाचनमा जाने सम्भावना पनि उत्तिकै रहेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनेरास्ववियुले शुक्रवार काठमाडौंको आरआर क्याम्पसमा आयोजना गरेको कार्यक्रममा मन्त्री रायमाझीले सरकार बन्ने पाँचवटा सम्भावना रहेको औंल्याएका हुन् ।


Advertisment
Nabil box
Kumari

प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव ल्याएमा त्यो असफल भयो भने देश फेरि मध्यावधि निर्वाचनमा जाने सम्भावना पहिलो नम्बरमा रहेको उनले दाबी गरे । 

Vianet communication
Laxmi Bank

‘अहिले पनि केपी ओली प्रधानमन्त्री नै हुनुहुन्छ, यो बुझिराख्नु होला, ती साथीहरूलाई सुनाउन खोजेको । सम्भावना चार-पाँचवटा छन् । पहिलो हामीलाई छाडेका साथीहरूले अरू कुनै पार्टीको नेतालाई अगाडि सारेर मानिदिएको खण्डमा त्यो आग्रह स्वीकार गरेमा सरकार बन्ने सम्भावना झिनो छ,’ रायमाझीले भने, ‘ओली र अर्को पार्टी मिलेर सरकार बन्ने पनि जब्बर सम्भावना छ । तेस्रोमा ती साथीहरूको बुद्धि फिर्‍यो भने आफ्नै घरमा बसिरहने हो भने ओलीको निरन्तरताको सम्भावना पनि छ ।’

मन्त्री रायमाझीले कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै थपे, ‘हामीबाट अलग भएर गएका साथीहरूले सरकार बनाउने सम्भावना नभएकाले यही सरकार चलिरहन्छ, यो सरकार अगाडि बढिरहन्छ ।’

मन्त्री रायमाझीले फागुन ११ पछि परिस्थितिमा फरक आएपनि सबै सम्भावनाका ढोका खुल्न बाँकी रहेको बताए ।

‘कसैको सरकार नबने फेरि मध्यावधि चुनावमा जाने सम्भावना एक नम्बरमा छ । चिज त्यतै जाला जस्तो छ,’ रायमाझीले भने । 

मन्त्री रायमाझीले प्रतिनिधि सभा पुनःस्थापना भएकोमा लड्डु खाएको भन्दै प्रचण्ड र माधव नेपालप्रति कटाक्ष गरे । 

‘हामीलाई चकित पारेको छ, किन लड्डु खाइरहनुभएको छ, अवीर जात्रा गरिरहनुभएको छ ? के ओलीको, पोखरेलको, टोपबहादुरको संसद् बहाली भएको छैन ?’ रायमाझीले भने, ‘मानौं उहाँहरू प्रधानमन्त्री, राष्ट्रपति भइसक्नुभयो । जुन दिन लड्डु खानुभयो, आफू हुने सम्भावना छैन, तर लड्डु खानुहुन्छ ।’ 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x