ओलीमाथि झाँक्रीको आक्रोश – कमिलाको अन्तिम प्वाँख पलाएकै हो ?

फाइल फोटो

नेकपाकी नेत्री रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै कमिलाको अन्तिम प्वाँख पलाएको टिप्पणी गरेकी छन् ।

शुक्रवार सामाजिक सञ्जाल फेसबूकमा लेख्दै झाँक्रीले भनेकी छन् – 'कमिलाको अन्तिम प्वाँख पलाएकै हो ।'


Advertisement

आजै ओलीले नेकपाको संसदीय दलका प्रमुख सचेतकबाट देव गुरुङलाई बर्खास्त गरी खोटाङबाट निर्वाचित विशाल भट्टराईलाई नियुक्त गरेका थिए ।

झाँक्रीले यही विषयलाई इंगित गर्दै कमिलाको प्वाँख पलाएको टिप्पणी गरेकी हुन् ।

 

 
लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्