×

NMB BANK
NIC ASIA

फेला पर्‍यो दुई लिङ्गी चरा

फागुन १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकामा आधा भाले र आधा पोथीको स्वरूप भएको चरा भेटिएको छ ।

Muktinath Bank

चराविद् जेमी हिलले आधा भाले र आधा पोथी अंश रहेको चराको फोटो सार्वजनिक गरेका हुन्। उनले फेला पार्नुभएको त्यस चराको फोटोले यतिबेला विश्वभरका संरक्षणकर्मीको ध्यान तानेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले विगत ४८ वर्षदेखि चराको अध्ययन गरिरहनुभएको छ । पछिल्लो समय काठ फोरुवा लहाँचे चराको खोजीमा रहेका उनले दुई लिङ्गी भएको चरासँगको साक्षात्कार हुँदा लहाँचे भेटिए जत्तिकै खुसी व्यक्त गरेका छन् ।


Advertisment
Nabil box
Kumari

एउटै शरीरमा भाले र पोथीको रङसहित अण्डाशय र डिम्बाशय दुवै अङ्गसमेत भएको चरा विश्वमै दुर्लभ मानिन्छ । आफूले लाखौँ चराको अध्ययन गरे पनि अहिले भेटिएको त्यो चरा निकै दुर्लभ भएको उनले बताएका छन् । चरा भेटिएपछिको आफ्नो अनुभूति फेसबुकमार्फत सार्वजनिक गर्दै उनले दुवै लिङ्गी भएको नर्थन कार्डिनल चराको बारेमा बताएका छन् ।
 

Vianet communication
Laxmi Bank

चराविद् हिलका अनुसार भाले कार्डिलन चराको रङ चम्किलो रातो हुन्छ । पोथीको रङ भने फिक्का खैरो हुनेगर्छ । त्यो चराको फोटो खिच्न हिललाई सहज भने भएन । आफ्ना साथीहरूले फोनमा पठाएको फोटो हेरेपछि उनी चरा भएको स्थान वारेन काउन्टीमा पुगेका थिए । एक घण्टाको कुराइपछि अन्य कार्डिनल चराको हुलसँगै त्यो चरा पनि आयो । दुईवटा रुखमा एक्लै बसेपछि बल्ल फोटो खिच्न सहज भएको अनुभव उनले सुनाए ।

उनले भेटेको चराको रङ भने आधा रातो र आधा फिक्का खैरो छ । उनले भनेका छन्, “सुरुमा त मलाई लाग्यो यो आफ्नो वंशाणु रङ गुमाएर पाण्डु भएको चरा हो । तर पछि त्यसो होइन रहेछ ।” त्यसको अध्ययन अनुसार वंशाणुगत रूपमै उभय वा दुई लिङ्गी भएको चरा रहेछ र त्यसको रङसँगै बायाँमा भाले अङ्ग र दायाँमा पोथी अङ्ग रहेको पाइएको छ ।

शुक्रकीटलाई डिम्बले निषेचन गर्ने क्रममा भ्रूण बन्छ । त्यो भ्रूण बन्ने क्रममा त्रुटि हुँदा एउटै शरीरमा दुई लिङ्गी भएको चरा बनेको वेस्टर्न इलनोई विश्वविद्यालयका प्राध्यापक तथा अध्येता ब्रायन पियर उल्लेख गर्छन्। गोरखापत्र दैनिकमा चाँदनी हमालले खबर लेखेकी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x