×

NMB BANK
NIC ASIA

नृत्यका पर्याय कजिस

फागुन १५, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : अन्नपूर्ण पोस्ट
Premier Steels
Marvel

गाउँघरको पूजाआजा, विवाहमा होस् या गीतको भिडिओमा होस् पञ्चैबाजाको आवाजमा मोहित हुन्छन् उनी। कहीँ कतै गीत बजिरहेको सुन्दा हातखुट्टा चल्मलाउन थाल्छन्। उनलाई नाच्न मनपर्छ। बाँसुरी, मुरलीको धुनमा स्वर्गीय आनन्द भेट्छु भन्छन्। यसैले पनि होला उनलाई संगीतका धुनहरूले पछ्याइरहेझैं लाग्छ। 

Muktinath Bank

कहिले बाजा बजाएको स्वरमा छमछमी नाचिरहेका हुन्छन् त कहिले कल्ले बोलायो भन्दै नृत्यबाटै प्रियसीलाई खोजिरहेका हुन्छन् उनी। उनलाई गाउँले स्वर, स्थानीय भाका र लोकसंगीत औधी मनपर्छ। कोरियोग्राफर काजिस श्रेष्ठ आफ्नो संगीतसँगको सम्बन्ध सुनाउँछन्। पेसाले उनी म्युजिक भिडिओमा कोरियोग्राफी गर्छन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सयौं गीतमा उनले कोरियोग्राफी गरिसकेका छन्। यस्तै आफैँ अभिनय गरेर जीवन्त बनाएका म्युजिक भिडियोको संख्या पनि निकै छ। डान्स त उनको सहयात्री नै भयो, यसबाट अलग हुने कुरै भएन। यसका साथै निर्देशनमा समेत उनको दक्खल छ। 


Advertisment
Nabil box
Kumari

रौतहटका रैथाने काजिसको नृत्य मोह भने बच्चैदेखिको हो। तर स्कुले जीवनमा यसले फस्टाउने मौका पाएन। एसएलसीपछि जब कलेज पढ्न चपुर गए तब त्यहाँ कर्मा लामालाई भेट्ने मौका पाए। लामाले चपुरमा कल्चर सेन्टर खोलेर नृत्य सिकाउँथे। काजिसलाई हिरो बन्न मन लाग्थ्यो। यसका लागि नाच्न जान्नुपर्छ भन्ने बुझेका थिए उनले। 

Vianet communication
Laxmi Bank

काठमाडौं आएपछि साधना कला केन्द्रमा केही महिना नाच सिके अनि सिकाउने पेसामा लागे। नेहा सिने आर्ट हुँदै केही डान्स सेन्टरमा सिकाउने गर्थे। यसै क्रममा म्युजिक भिडियोमा नाच्न थाले। नृत्य शिक्षक शिवम पोखरेलसँगको भेटले उनलाई म्युजिक भिडियोमा डान्स गर्ने र अभिनय गर्ने मौका दियो। 

पहिलो पटक नाचेर पाँच सय पारिश्रमिक पाएका काजिस अहिले भने चल्तीका कोरियोग्राफर बनिसकेका छन्। उनको सफलताको पछाडि निरन्तरको मेहेनत, लगाव र धैर्य गर्न सक्ने बानी छ। पैसा कमाइन्छ भनेर प्रश्न गर्नेलाई काजिसले जवाफ दिएका छन्। हरेक दिन व्यस्त रहन्छन्। सुटिङमा गर्नुपर्ने काम र टिम हेरेर एउटा भिडियोमा काम गरेको ३५ देखि ४० हजारसम्म पारिश्रमिक लिने काजिस मेहेनतले जुनसुकै फिल्डमा पनि सफल बन्न सकिने बताउँछन्।

उनले महानायक राजेश हमाल, पल शाह, दिलीप रायमाझी, पुष्प खड्कादेखि नायिका पूजा शर्मा, आँचल शर्मा, वर्षा शिवाकोटी, अनु शाह, केकी अधिकारी, दीपिका प्रसाईंसम्मलाई उनले नचाएका छन्। मोडल दुर्गेश थापादेखि सागर लम्साल बले, प्रकाश सपूत, विमल अधिकारी, शंकर बीसी, सुनील क्षेत्री, अञ्जली अधिकारी, करिश्मा ढकाल, एलिशा शर्मा, प्रिज्मा–प्रिन्सी खतिवडा रियाशा दाहाल गरिमा शर्मासम्मले उनको कोरियोग्राफीमा कम्मर मर्काएका छन्। उनले कोरियोग्राफी गरेका लाइदिमकी मोहनी, के भनौं हजुर, झ्यालैमा, चिनो मायालाई जाली रुमाल, वरको छायाले, सल्लैको धुप राम्रो, गौथली चरी, कल्ले बोलायो, नगर पीर माया, बाजा बजाउँदै, नैना रेसमलगायतले दर्शकको मन जितेका छन्।अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x