×

NMB BANK
NIC ASIA

पहिलो लाहुरे विद्यावारिधि स्व. हर्षबहादुर साहित्यिक तीर्थस्थलमा

फागुन १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालको लाहुरे जीवनपछि पहिलो विद्यावारिधि (पीएचडी) गरेका डा. हर्षबहादुर बुडामगर हामीबीच नभएको १० वर्ष पूरा भएको छ । तर उनी गत बुधवार कपिलवस्तुको साहित्यिक तीर्थस्थल कपिलधाममा देखिए ।

Muktinath Bank

डा. हर्षबहादुर बुडामगरको साहित्यिक तीर्थस्थलको उपमा पाएको कपिलधाममा उनी पनि खडा भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फैजी जीवनपछिको अवकाश प्राप्त समयलाई समाजका लागि कसरी उपयोगी बनाउन सकिन्छ भन्ने उदाहरण थिए हर्षबहादुर । मगर समुदायबाट लाहुरे बनेका उनी पहिलो विद्यावारिधि गरेर नेपाली लाहुरे र मगर जातिकै लागि गौरव हुन् ।


Advertisment
Nabil box
Kumari

भारतीय सेनाबाट सेना निवृत्त भएपछि डा. हर्षले रूपन्देहीको भैरहवालाई कर्मथलो बनाएर अगाडि बढेका थिए । हर्षबहादुरको २०६७ सालमा काठमाडौंमा निधन भएको थियो । 

Vianet communication
Laxmi Bank

कपिलधाममा नेपाल प्रज्ञा प्रतिष्ठानबाट मान्यता प्राप्त तथा ख्याति कमाएका सष्ट्राहरूको अर्धकदको शालिक राखिन्छ । हालसम्म १८ जना स्रष्टाका सालिक त्यहाँ लामबद्ध रूपमा राखिएको छ ।

भानुभक्त आचार्य, भवानी भिक्षु, विश्वराज आत्रेय, मिललाल ज्ञवाली लगायत पछि हर्षबहादुर पनि थपिएका हुन् । कपिलधाममा १०८ स्रष्टाहरूको सालिक राखिने छ । साहित्यकार बुद रानाले सैनिक, शैक्षिक, साहित्यिक, सामाजिक र प्रशासनिक लगायतका क्षेत्रमा हर्षबहादुरको योगदान अतुलनीय रहेको बताए ।

लाहुरे जीवनमै शिक्षा, समाजसेवा तथा साहित्यमा निकै रुची राख्दै लाहुरे जीवनपछिको पेन्सन बुझ्दाबुझ्दै उनले विद्यावारिधि गरेका हुन् । १९८४ कात्तिक ३ गते बाग्लुङको गलकोट, कौलेनीमा पिता भक्तबहादुर बुडामगर र माता देवकला बुडामगरको कोखबाट जन्मेका हुन हर्षबहादुर बुडामगर । उनले जीवनका विभिन्न कालखण्डमा विभिन्न विभूषण/पदक तथा पुरस्कार पाएका थिए । 

डा. हर्षले नेपाली समाजबारे गरेको अध्ययन साँच्चिकै गहन थियो । खासगरी उनले मगर समुदाय, मगर भाषाबारे अध्ययन गरेका थिए । 

नेपाली समाजबारे डा. हर्षले गरेको अध्ययन, नेपाली समाजमा उनले पुर्‍याएको योगदानबारे अझ बढी चर्चा हुने गरेको छ । डा. हर्षबहादुर बुडामगरले १९५८ मा बोर्ड अफ हाई स्कूल एण्ड इन्टरमिडियट एजुकेसन उत्तरप्रदेश, भारत, ब्याचलर अफ आर्ट्स १९६४ आगरा विश्वविद्यालय भारत, त्रिभुवन विश्वविद्यालयबाट १९६७ ई.मा राजनीति शास्त्रमा स्नातकोत्तर र पटना विश्वविद्यालयबाट १९९० ई. मा राजनीति शास्त्रमा विद्यावारिधी गरे । 

उनले महेन्द्र विद्याभूषण ‘क’ श्रेणी, प्रबलगोर्खा दक्षिणबाहु, श्री ५ वीरेन्द्रबाट नगद पुरस्कार, २०२९ र कदर–पत्र २०३१, श्री ५ वीरेन्द्र राज्याभिषेक पदक, श्री ५ वीरेन्द्र रजत महोत्सव पदक, श्री ५ वीरेन्द्र एैश्वर्य सेवापदक, २०५८, नेपाल स्काउट स्वर्ण जयन्ती पदक, २०५९ र अन्तर्राष्ट्रिय युद्धतारा पदक गरी ८ वटा विभिन्न पदकहरू पाए । 

डा. हर्ष द्वितीय विश्वयुद्धमा सहभागिता (१९४३ ईं) बर्मा फ्रन्ट, दक्षिण पूर्वी एसियामा शान्ति कायम गर्ने कार्यमा संलग्न (१९४८–४९ ई.), जम्मु कास्मिर युद्ध क्षेत्रमा संलग्नता (१९४८–४९ ई.) र मलायनइमर्जेन्सी (१९५४–५६) मा युद्ध सेवा गरेका थिए ।

मास्टर मित्रसेन थापा स्मृति पुरस्कार, २०५४ र अनुसन्धान पुरस्कार २०५५ नेपाल मगर संघ काठमाडौं, गोपाल पाण्डे असिम पुरस्कार, २०५९, भद्रकुमारी घले व्यक्तित्व पुरस्कार १ लाख पाएका थिए । उनले जनमुक्ति सेना कल्याण संघ २००७ काठमाडौंद्वारा प्रदान गरिएको सम्मानपत्र २०५४, पक्लिहवा माध्यमिक विद्यालय भैरहवा अभिनन्दनपत्र २०५६, ब्रिटिश गोर्खा अध्ययन तथा अनुसन्धान केन्द्र नेपाल सम्मानपत्र २०५९, रत्न श्रेष्ठ पुरस्कार गुठी धवलागिरी अञ्चल, बाग्लुङ अभिनन्दन, २०६४ लगायत धेरै पुरस्कार पाएका छन् ।

डा. हर्षबहादुर बुडामगर डा. केआई सिंहको संक्षिप्त जीवनी (खण्डकाव्य २०१४), किरातवशं र मगरहरू एक ऐतिहासिक सर्वेक्षण (२०४९), मगर व्याकरणको पारुप (२०५०), मगर–रोमन–नेपाली–लिम्बू–अंग्रेजी संक्षिप्त शब्दकोष (२०५०), जसका ठाडा जुँगा कहिल्यै झुक्न जान्दैनन् (रचना संग्रह) २०५०, अतृत्प जिन्दगीका असीमित चाहना (उपन्यास), २०५३, मगर र मग्यारः पुख्र्यौलीको खोजीमा (२०५३) लगायत दर्जनौं कृति प्रकाशित छन् ।

डा. हर्षबहादुर बुडामगर द्वितीय विश्वयुद्धको दौरान बर्मा फ्रन्टमा सैनिकका रूपमा भाग लिएर स्वदेश फर्किएर २०१४ सालदेखि अध्यापन सेवामा संलग्न थिए । २०१४ सालदेखि ६ वर्षसम्म (१९६७–७२ ई.) सिद्धार्थ कलेज भैरहवा क्याम्पसको संस्थापक प्रिन्सिपल भई शैक्षिक सेवा, समाजसेवीको रूपमा बालहितका क्षेत्रमा १२ वर्षसम्म नेपाल बाल संगठनको केन्द्रीय सदस्य, नेपाल स्काउटको राष्ट्रिय सचिव (१९७८–७९ ईं), नेपाल भूतपूर्व संगठन केन्द्रीय सचिव (१९८३–१९८८), लुम्बिनी अञ्चल खेलकुद परिषद्मा सदस्य सचिव लगायत संस्थामा आबद्ध रहेर काम गरेका छन् । उनी पक्लिहवा माध्यमिक विद्यालय र भैरहवा बहुमुखी क्याम्पसका संस्थापक समेत हुन् । 

उनले गरेका कामलाई जगेर्ना तथा जनतामाझ लैजान उनको नामको प्रतिष्ठान डा. हर्षबहादुर बुडामगर स्मृति प्रतिष्ठान २०७१ गठन गरिएको छ । प्रतिष्ठानकी अध्यक्ष तथा हर्षबहादुरकी छोरी प्राज्ञ गीतकार तथा साहित्यकार उन्नति बोहरा शिलाले साहित्य र समाजको लागि हर्षबहादुरको ठूलो योगदान रहेको बताइन् । ‘साहित्यको अर्को अर्थ परोपकार पनि हो । त्यो उहाँले पूरा गर्नुभयो,’ शिलाले भनिन् ।

पूर्व मन्त्री तथा राप्रपा नेता दीपक बोहोराले डा. हर्षबहादुरको योगदानले समाजमा छुट्टै सन्देश दिएको बताए । उनले जागिरे जीवनपश्चात मान्छेले आरामको जीवन बिताउन खोजे पनि डा. हर्षबहादुर भने निरन्तर काममा लागेको बताए । 

कपिल आरोग्यमन्दिर कपिलधाम कपिलवस्तुको वाणगंगा नगरपालिका–९ मा अवस्थित छ । धार्मिक तथा साहित्यिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले स्थापना गरिएको कपिलधामका अध्यक्ष शंकरप्रसाद आर्चायले जानकारी दिए । ४८ हेक्टर क्षेत्रफलमा फैलिएको धाममा हालसम्म १८ वटा देशका ख्याति प्राप्त साहित्यिक सष्टाको अर्धकद शालिक अनावरण गरिएको छ । 

सालिक राख्नका लागि ४ बिगाहा क्षेत्रफल छुट्याइएको छ । उक्त स्थानमा १०८ वटा शालिक राख्ने तयारी धामले गरेको छ । महर्षि कपिलको तपोभूमि, भगवान् बुद्धले महर्षि कपिलसँग ज्ञानआर्जन गरेको तथा पतञ्जली ऋषिले योग अभ्यास सिकेर विश्वभर फैलाएको स्थल भएकाले सोही अनुरूप गुरुयोजना निर्माण गरी काम गर्न लागिएको अध्यक्ष आचार्यले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x