×

NMB BANK
NIC ASIA

अस्तव्यस्त बन्यो कृषि विश्वविद्यालय

फागुन १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

ताला खुल्न नसकेपछि यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त बनेको छ । आर्थिक वर्षको सात महिना कटिसक्दा पनि विश्वविद्यालय सभा हुन सकेको छैन ।

Muktinath Bank

विश्वविद्यालयभित्र राजनीतिक खिचातानी र गुटगत झगडाका कारण विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको हो । विश्वविद्यालयको उपकुलपति, रजिष्ट्रार, डीनलगायतका महत्वपूर्ण पदमा नियुक्ति भई सके पनि निर्देशक, परीक्षा नियन्त्रक, सहायक डीनलगायतका पदका लागि हानथाप परेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वविद्यालयका प्रशासन प्रमुख वुद्धि ढुङ्गानाको अनुसार पुस पहिलो साताबाट केन्द्रीय कार्यालय र डीनका कार्यालयमा तालाबन्दी छ । ती कार्यालयमा पूर्वएमाले निकट प्रगतिशील प्राध्यापक सङ्गठन, प्रगतिशील कर्मचारी सङ्गठन र नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक सङ्घले तालाबन्दी गरेका छन् । पूर्व माओवादी निकट राष्ट्रिय कर्मचारी सङ्गठन र पूर्व स्वीकृत ज्यालादारी कर्मचारीले लगाएका ताला भने खुलेको उहाँले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

असन्तुष्ट प्राध्यापक र कर्मचारीले उपकुलपतिको राजीनामासहितका माग राखेर तालाबन्दी गरेका हुन् । विश्वविद्यालयमा असोज ९ गते प्रा डा पुण्य राज रेग्मी उपकुलपति नियुक्तिपछि विश्वविद्यालयमा निरन्तर जसो तालाबन्दी रहेको छ । उपकुलपति रेग्मीले विवादको समाधान गर्न नसकेका कारण विश्वविद्यालय दिन प्रतिदिन खस्कँदै गएको त्यहाँ कार्यरत प्राध्यापक बताउँछन् ।

Vianet communication
Laxmi Bank

विश्वविद्यालयभित्रकै प्राध्यापकलाई उपकुलपति बनाउन नसक्दा बाहिरबाट आउनेले वास्ता नगरेकै कारण विश्वविद्यालय अस्तव्यस्त बनेको उनीहरूको भनाइ छ । उपकुलपति रेग्मीलाई यस विषयमा जानकारी लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।

विश्वविद्यालयका कृषि सङ्कायका डीन जयप्रकाश दत्तले समस्या समाधान गरेर विश्वविद्यालयका प्रशासनिक काम अघि बढाउने प्रयास भइरहेको जानकारी दिए । पठनपाठन र परीक्षाका काम भने रोकिएको छैन । विश्वविद्यालयको उच्च पदाधिकारीको समूहबाट नै तालाबन्दी हुँदासमेत छलफल गरेर निकास निकाल्न सकिएको छैन ।  
 
विश्वविद्यालयका संस्थापक रजिष्ट्रार प्रा डा सूर्यकान्त घिमिरे जुन उद्देश्यका साथ विश्वविद्यालय स्थापना भएको हो त्यसअनुसार पदाधिकारीले काम नगर्दा विश्वविद्यालयनै विघटनमा जाने हो की भन्ने चिन्ता बढेको बताउँछन् । उनले भने, “सत्ता पक्षका व्यक्तिको आपसी गुटबन्दीका कारण विश्वविद्यालय तहसनहस भयो ।” सरोकारवालाले ध्यान दिनुपर्ने उनको भनाइ छ । कृषि र वनको अध्ययन, अनुसन्धान र प्रसार गर्ने उद्देश्यले विसं २०६७ मा सरकारले कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन निर्माण गरी यो विश्वविद्यालय स्थापना गरेको हो ।   

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x