नेपालसहित तीन मुलुक विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस

संयुक्त रास्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिबाट नेपालसहित तीन मुलुक स्तरोन्नतिका लागि सिफारिस भएका छन् ।

नेपाल, लाओस र बङ्गलादेश अति कम विकसित मुलकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन सिफारिसमा परेका हुन् ।


Advertisement

स्तरोन्नति हुन कम्तिमा तीन क्षेत्रमा तोकिएको मापदण्ड पूरा गर्नु पर्छ । संयुक्त रास्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएअनुसार समितिबाट भएको सिफारिसलाई संयुक्त रास्ट्रसंघ आर्थिक तथा सामाजिक परिसदबाट स्वीकृत हुनुपर्छ ।

अहिले स्तरोन्नतिका लागि सिफारिस भएका मुलुकले सन् २०२६ सम्म तोकिएका मापदण्ड पूरा गर्नु पर्ने सुविधासमेत दिइएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्