पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीले आफूलाई महाराजधिराज नै ठानेको टिप्पणी गरेका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले आफू नेतृत्वमा पुग्नका लागि प्रधानमन्त्री ओलीले जस्तो सुकै सम्झौता गर्ने तर कार्यान्वयन कहिले नि नमान्ने गरेको समेत बताए ।
उनले प्रधानमन्त्री ओलीले आफूविरुद्ध भएको आलोचना सहन नसक्ने, मैदानमा आउन नचाहने जस्ता प्रवृत्ति रहेको भन्दै ओली पनि अर्को वर्गमा पतन भएको बताए ।
उनले भने, ‘अब उहाँ हाम्रो वर्गमा अब पर्नुभएन, अर्को वर्गमा पतन हुनुभयो ।’
लोकान्तर संवाददाता