हलिउड नायिका तथा चर्चित गायिका लेडी गागाको घर बाहिर हमला गरेर चोरिएको कुकुर 'कोजी' र 'गुस्ताव' भेटिएको छ ।
लस एन्जलस प्रहरीले एक महिलाले लेडी गागाको दुबै कुकुरलाई ओलम्पिक कम्युनिटी पुलिस स्टेशनमा लिएर आएको जानकारी दिएका छन् ।
त्यसपछि प्रहरीले लेडी गागाका प्रवक्तालाई बोलाएर हराएको कुकुरबारे पुष्टि गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
एजेन्सी