प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीले संसदको सामना गर्ने बताएका छन् ।
सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेपछि प्रधानमन्त्रीको नैतिकताबारे प्रश्न उठ्दै गर्दा सल्लाहकार रिमालले प्रधानमन्त्री ओलीले राजीनामा नदिने र संसदको सामना गर्ने स्पष्ट पारेका हुन् ।
शनिवार उनले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्रीले राजीनामा नदिने बताएका हुन् ।
यस्तो छ उनको प्रतिक्रिया
प्रतिनिधिसभा बिघटनको सिफारिस र सर्वोच्चबाट पुन:स्थापना, प्रधानमंत्रीको राजिनामा र नैतिकताको प्रश्न! यी बिषयमा — प्रश्न...
Posted by Bishnu Rimal on Saturday, February 27, 2021
लोकान्तर संवाददाता