प्रधानमन्त्री केपी ओलीद्वारा यसकारण राजीनामा दिन अस्वीकार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन अस्वीकार गरेका छन् । अहिलेकै अवस्थामा राजीनामा दिए देशमा अस्थिरता आउने उनको दावी छ ।

हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिए देशमा अस्थिरता आउने दावी गरेको सोही टेलिभिजनको अनलाइन संस्करणमा उल्लेख गरिएको छ ।


Advertisement

नेकपाको ओली समूहलाई बाहिर राखेर सरकार गठनको प्रयास भइरहँदा प्रधानमन्त्री ओलीले भने त्यस्तो संभावना नरहेको पनि बताएका छन् ।  प्रचण्ड–नेपाल पक्षलाई सरकार बनाउन नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले समर्थन नगर्ने उनको दाबी छ ।

ओलीले राष्ट्रपतिको आलोचना गर्नेहरु गणतन्त्र विरोधी रहेको पनि आरोप लगाएका छन्।  

राष्ट्रपतिमाथि एक चौथाईले महाअभियोग प्रस्ताव दर्ता गर्न सक्ने भए पनि संसदले त्यो पारित नगर्ने प्रधानमन्त्रीले बताएको समाचारमा उल्लेख छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्