इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आईएई) नेपालको अध्यक्षमा सुशिल तण्डुकार निर्विरोध निर्वाचित भएका छन् ।
शुक्रवार सम्पन्न आईएई नेपालको तेस्रो साधारण सभाले उपाध्यक्षमा पवित्रविक्रम राणा र सशिन्द्र भण्डारी, महासचिवमा वाशुदेव तिमल्सिना, सचिवमा विश्वास घिमिरे, कोषाध्यक्षमा मधुसूदन सिग्देल र सह–कोषाध्यक्षमा विवेक मिश्रलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा जयराम महर्जन, कृष्ण पोखरेल, मलेश शाह, सञ्जय न्यौपाने, नितु श्रेष्ठ, अस्मित उप्रेती, सुवर्ण पौडेल र सुवाश अर्याल चयन भएका छन् ।
आईएई नेपालको सल्लाहकारमा पूर्वमन्त्री गणेश साहका साथै राजनबाबु श्रेष्ठ, गोविन्द भट्टराई, कपिल शिवाकोटी, पूर्णबहादुर क्षेत्री, प्रदीपमान प्रधान र शान्तराज बतास छन् ।
नेपाली बजारमा उपलब्ध विभिन्न ब्रान्डका गाडी निर्माता कम्पनीका सर्भिस सेन्टर र वर्कसपहरुमा कार्यरत अटोमोबाइल तथा मेकानिकल इन्जिनियरहरुको संस्थाको रुपमा आईएई नेपाल क्रियाशील छ ।
लोकान्तर संवाददाता