×

NMB BANK
NIC ASIA

राजीनामा नदिएर हठ गरिरहे ओलीका लागि वियोगान्त हुनेछ– योगेश भट्टराई

फागुन १६, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

नेकपा (प्रचण्ड–नेपाल) समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा नदिएर टसल गर्न आए उनका लागि वियोगान्त हुने बताएका छन् ।

Muktinath Bank

राजीनामा नदिए प्रतिनिधि सभाले विकल्प खोज्ने उनको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रेस संगठन प्रदेश २ को भेलालाई आइतवार जनकपुरमा सम्बोधन गर्दै भट्टराईले अब बस्ने प्रतिनिधि सभाले ओलीमाथि कारवाही गर्ने दाबी गरे ।


Advertisment
Nabil box
Kumari

‘तीन करोड नेपालीको भाग्य र भविष्यमाथि खेलबाड गर्ने प्रधानमन्त्रीलाई कारवाही नगरेर प्रतिनिधि सभाले आफ्नो मृत्यु पत्रमा सही गर्ने छैन । आफ्नो मलामी आफैँ जाने घातक निर्णय गर्ने छैन,’ भट्टराईले भने ।

Vianet communication
Laxmi Bank

सर्वोच्च अदालतले फैसला गरिसक्दा पनि प्रधानमन्त्री पदमा बसिराख्नु अनैतिक भएको उनले दाबी गरे । ‘नैतिकरूपमा पद त्याग गर्नु आजका लागि उत्तम विकल्प हो । राजीनामा नगरे प्रतिनिधि सभाले त्यसपछि विकल्प खोज्छ, हठ लिनुभयो र दम्भ प्रकट गर्नुभयो भने उहाँका लागि वियोगान्त हुनेछ । प्रधानमन्त्रीलाई त्यो ठाउँमा नपुग्न आग्रह गर्छु,’ भट्टराईले भने । 

नेता भट्टराईले ओलीले लचकता देखाएमा नेकपा एकताको झिनो सम्भावना बाँकी नै रहेको दाबी गरे । 

‘एक ठाउँ बाँकी छ, ओलीले लचकता देखाउनुभयो भने विभाजित नेकपा एक गर्न सक्ने झिनो आशा र सम्भावना बाँकी छ । एकताका लागि हामी प्रयत्नशील छौं । दुई/तीन महिनाको घटनाबाट शिक्षा लिऔं । त्यसका लागि सबभन्दा बढी भूमिका खेल्नु पर्नेछ, आजका प्रधानमन्त्रीले मार्ग प्रशस्त गरेर,’ उनले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x