×

NMB BANK
NIC ASIA

गृहजिल्लामा ओली

प्रचण्ड–नेपाल पक्षलाई ओलीको चुनौती– 'राजीनामा दिन्नँ, अविश्वास प्रस्ताव ल्याएर हटाउनुस्'

फागुन १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वासको प्रस्तावबाट हटाएर देखाउन चुनौती दिएका छन् ।

Muktinath Bank

आफूलाई हटाउन पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग अनुनय विनय गरेपनि देउवाले जवाफ नदिएपछि अँध्यारो मुख लगाएर फर्किएको उनले दाबी गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

झापाको कमल गाउँपालिकामा नेपाल–चीन मैत्री औद्योगिक पार्कको आइतवार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफूलाई अविश्वासको प्रस्तावबाट हटाए आफू फेरि जनताबाट निर्वाचित भएर दाबी समेत गरे ।


Advertisment
Nabil box
Kumari

‘विमानस्थलमा ओर्लेपछि सेक्युरिटीले कहाँ जाऊँ भन्दा साथीहरूले बूढानीलकण्ठ लागेछन्, नन्दी भृंगी जम्मा भएर सरकार बनाऔं भन्ने प्रस्तावमा पार्टीमा छलफल गर्नुपर्ने भनेपछि प्रस्ताव लिएकाहरू अँध्यारो मुख लगाएर फर्के,’ ओलीले भने, ‘अर्को ठाउँमा गएर सबै मिलेर जाऊँ भन्दा तपाईंहरू कुन पार्टीबाट आउनुभएको भनेपछि झस्याङ्ग भए नेताहरू ।’

Vianet communication
Laxmi Bank

प्रचण्ड र नेपालसँग जसपाले पार्टीको आधिकारिकताबारे प्रश्न गरेको थियो । 

ओलीले यसअघि पहिलोपटक प्रधानमन्त्री बन्दा पनि अविश्वासको प्रस्ताव राखेर हटाइएको स्मरण गर्दै अहिले पनि हटाउन चुनौती दिए । 

‘संसदीय दलको नेता केपी ओली हो । म राजीनामा दिन्नँ । तपाईंहरूले मुद्दा लडेर संसद् पुनःस्थापना भएको हो । केपी ओलीलाई हटाएर देखाउनुस् न, अविश्वासको प्रस्ताव राखेर हटाएर देखाउनुस् । पहिला पनि अविश्वासको प्रस्तावबाट हटाएको हो, हटाउन सक्नुभएछ भने म फेरि ३ करोड नेपालीबाट निर्वाचित भएर आउँछु,’ ओलीले भने । 

ओलीले राजतन्त्रसँग लडेको आफू प्रचण्ड–नेपालसँग नडराउने बताए । ‘झुसेबारुलाहरूले फुर्ती नलगाए हुन्छ,’ उनले भने । 

प्रधानमन्त्री ओलीले आइतवार नै औद्योगिक पार्कको शिलान्यास गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x