×

NMB BANK
NIC ASIA

थप ५० लाख कोरोनाविरुद्धको खोप किनिँदै

फागुन १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप थप ५० लाख डोज (मात्रा) खरिद प्रक्रिया अघि बढाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खरिद प्रक्रिया सुरु गरिएको जानकारी दिए। त्यसपछि कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त हुने खोप उपलब्ध गराइनेछ। त्यसले २० प्रतिशत जनसंख्यालाई पुग्ने जनाइएको छ।

Muktinath Bank

दोस्रो पटक कति मूल्यमा खोप खरिद गर्न लागिएको भन्ने यकिन भइसकेको छैन। ‘सेयरजस्तै उत्पादक कम्पनीले खोपको मूल्य बढाउन पनि सक्छन्। तर, हामीले बजारको मूल्यभन्दा सस्तोमा पनि खरिद गर्न सक्छौं’, सचिव अर्यालले भने।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि भारतको सेरम इन्स्टिच्युटसँग चार डलरका दरमा २० लाख डोज खरिद गर्ने सम्झौता भएको थियो। अग्रिम रकम भुक्तानी गरिएको उक्त खोप १० लाख डोज मात्र ल्याइएको छ।  त्यसअघि भारतले सहयोगस्वरूप उपलब्ध गराएको १० लाख डोज खोप झन्डै ४ लाख जनाले लगाएका छन्। खोप लगाएका कसैलाई पनि गम्भीर समस्या नदेखिएपछि सेरमकै थप खोप खरिद गर्न लागिएको हो। दोस्रो चरणको खोप अभियान पूरा हुँदा २० प्रतिशत जनसंख्याले खोप पाइसक्ने मन्त्रालयले जनाएको छ।


Advertisment
Nabil box
Kumari

‘चीन सरकारबाट पनि ५ लाख डोज खोप उपलब्ध हुँदै छ। खरिद गरिएको र अनुदानमा प्राप्त खोपले आधारभूत जनसंख्यालाई पुग्छ’, सचिव अर्यालले आइतबार मन्त्रालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भने। आधारभूत जनसंख्याअन्तर्गत  १ करोड २५ लाखलाई खोप पुग्ने अनुमान छ।

Vianet communication
Laxmi Bank

सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड नै खरिद गर्न लागिएको मन्त्रालयले जनाएको छ। ‘मन्त्रिपरिषद्ले नै निर्णय गरेको छ। खोपको मूल्यमा तलमाथि हुने सम्भावना छैन। पारदर्शिता कायम गरेर नै खोप खरिद गरिन्छ। खरिदका लागि वार्ता कमिटीलाई म्यान्डेट दिइएको छ’, अर्यालले भने।

पहिलो पटक खरिद गर्दा सार्वजनिक खरिद ऐनको प्रावधानलाई बाधा अड्काउ फुकाउ गरिएको थियो। यसअघि कोभिड १९ खोप विज्ञ सल्लाहकार समितिले ७२ प्रतिशत जनसंख्यालाई खोप खरिद गर्नुपर्ने सुझाव दिएको थियो। यसअघि समितिले १० डलर प्रतिडोजका दरले खरिद गर्दा झण्डै ४८ अर्ब खर्च हुने अनुमान गरेको थियो।

निजी क्षेत्रलाई तीन सर्त
२० प्रतिशत जनसंख्याले खोप लगाइसकेपछि निजी क्षेत्रलाई पनि खरिद गर्न दिइने भएको छ। ‘निजी क्षेत्रले खोप ल्याइसकेपछि सरकारले तोकेको मूल्यमा बेच्नुपर्छ’, अर्यालले भने, ‘मन्त्रालयले तोकेको स्वास्थ्य संस्थाले मात्र खोप वितरण गर्नुपर्छ। मन्त्रालयले तोकेको प्राथमिकताको आधारमा मात्र खोप लगाउनुपर्ने हुन्छ।’ निजी क्षेत्रले खोपको मूल्य, परिमाण र समयसीमासहितको विवरण औषधि व्यवस्था विभागमा पेस गर्नुपर्ने हुन्छ। विभागमा खोप दर्ता गरेपछि मात्र आयात गर्न अनुमति दिइनेछ। अन्नपूर्ण पोस्टमा दिनेश गौतमले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x